२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिको आचरण शुद्ध भए भ्रष्टाचार आफैँ अन्त्य हुन्छः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार शुन्यमा पु¥याउन आचरण शुद्ध हुनुपर्ने बताउनुभएको छ ।

ललितपुरमा शुक्रवार आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले भ्रष्टाचार शुन्यमा पु¥याउन सकिने तर त्यो कानून कार्यान्वयनबाट मात्रै सम्भव हुनेकुरा नरहेको स्पष्ट पार्नुभयो । त्यसका लागि मानिसको आचरण, चरित्र, गुणवत्ता वृद्धि गर्न जरुरी रहेको बताउनु भयो । मानिसको आचरण, चरित्र, गुणवत्ता वृद्धि गर्न शिक्षामा सुधार गर्न जरुरी रहेको बताउनु भयो । गुणवत्ता बढाउने शिक्षा दिन जरुरी रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले सामाजिक प्लेटफर्महरुमा राम्रो बाटो समाउन सके र अहिलेको प्रविधिको सी सदुपयोग गर्नसके राम्रो हुने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भ्रष्टाचार शुन्यमा पु¥याउन सक्छौँ । तर यो कानून कार्यान्वयनबाट हुनेकुराबाट शुन्यमा पु¥याउन सकिँदैन । त्यसबाट मानिसको आचरण, चरित्र, गुणवत्ता विकास गरेर जानुपर्छ । मानिसले आफूलाई म गलत गर्दिन भन्ने प्रतिवद्धता लियो भने सबै समस्या समाधान हुन्छ । कानूनले पत्ता लगाएर, कानून कार्यान्वयन गर्दा कानूनले कारबाही गरेर मात्रै त पत्ता लगाउन गाह्रो हुन्छ । लुकेर खाने गर्दछ । कानूनबाटै समाधान गर्छु भन्नेकुरा होइन । यसलाई कानून कार्यान्वयनबाट पनि नियन्त्रण गर्नुपर्छ । कानूनी कारबाही नगर्ने भन्ने होइन । तर यसमा मुख्य कुरा मोडल एजुकेशन हो । मान्छेको गुणवत्ता वृद्धि गर्नेकुरा, मान्छेभित्र राम्रो र नराम्रो पक्ष हुन्छ, नराम्रो पक्ष कमजोर बनाइदिने र राम्रो पक्ष उजागर गरिदिने खालको शिक्षा आवश्यक छ । समाजले प्रोत्साहित गर्नेकुरा पनि हो । सामाजिक प्लेटफर्महरुमा राम्रो बाटो समाउन सके भने अत्यन्तै उपयोगी हुन्छ । अहिलेको प्रविधिको सदुपयोग गर्नुपर्छ, देश, जनता, मानव विकासका लागि सदुपयोग गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले मानव मष्तिस्क भन्दा ठूलो कुरा श्रृष्टिले अहिलेसम्म पनि कुनै कुरा उत्पादन गर्न नसकेको भन्दै एआईसँग नडराउन आग्रह गर्नुभयो ।