२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुन २०२५ मा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित



अ+ अ-

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जुन २०२५ मा सञ्चालन गरिएको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

चार्टर्ड एकाउन्टेन्सी क्याप–आई तहमा चार सय ५४ जना, क्याप–आईआई तहमा चार सय चार जना र क्याप– आईआईआई तहमा ८४ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । जसअनुसार क्याप– आईआईआई तहमा उत्तीर्ण भएका ८४ जना परीक्षार्थी संस्थाको चार्टर्ड एकाउन्टेन्ट सदस्य हुन योग्य भएका छन् ।

परीक्षाको नतिजाबमोजिम चार्टर्ड एकाउन्टेन्सी आधारभूत तहमा प्रशेन्जित शाक्य, नलिना खनाल र रोशन महतले क्रमश: प्रथम, द्वितीय तथा तृतीय स्थान, मध्यम तह (क्याप–आईआई) मा अभिषेक दाहाल, मो सलमान र शिशिर अर्यालले क्रमश: प्रथम, द्वितीय तथा तृतीय स्थान र अन्तिम तह (क्याप– आईआईआई)मा सागर ज्ञवाली, स्मृति पौडेल र कुशल गौतमले क्रमश: प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरेका छन् ।

साथै संस्थाले जुन २०२५ मा सञ्चालन गरेको सिए मेम्बरसिप फर एसिसीएएस र दर्तावाला लेखापरीक्षक सदस्यहरूको वर्गवृद्धि परीक्षाको नतिजा पनि प्रकाशित गरेको छ ।

परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको लब्धाङ्कपत्र तथा प्रमाणपत्र परीक्षाफल प्रकाशित भएको मितिले १५ दिनपश्चात् वितरण गरिने छ । साथै, परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गराउन चाहने परीक्षार्थीले परीक्षाफल प्रकाशित भएको मितिले १० दिनभित्र पुनर्योग फाराम भरी निवेदन दिन सकिने जनाइएको छ । परीक्षार्थीले परीक्षाको नतिजा तथा आफ्नो प्राप्ताङ्क संस्थाको वेबसाइट www.ican.org.np मा हेर्न सकिने उल्लेख छ ।