२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनमती खोलामाथि बनेका संरचनामाथि महानगरको डोजर (तस्बिरसहित)



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काउने कार्यलाई तिब्रता दिएको छ ।

बिहीवार कालीमाटी, कुलेश्वर भई बग्ने मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा डोजर चलाएको हो । स्वीकृति नभएका पक्की पुलमासमेत डोजर र ब्रेकर लगाएर महानगरपालिकाले भत्काउने गरेको छ । महानगरपालिकाले यसअघि पनि अवैधानिक रुपमा बनाइएका संरचनामाथि डोजर चलाउँदै आएको छ ।

तस्बिरहरुः न्युज एजेन्सी नेपाल