२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सदैव नवप्रवद्र्धन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा छः सभापति देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस सदैव नवप्रवद्र्धन र प्रविधिमार्फत सामाजिक रुपान्तरण गर्नुपर्ने पक्षमा रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा बिहीवार सानेपामा आयोजितत कार्यक्रममा उहाँले यस्तो बताउनुएको हो । काँग्रेसले डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गन, प्रविधिमा पहुँच पु¥याई विशेष गरी युवा विद्यार्थी, उद्यमी, किसान, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सिर्जनशीलता प्रवद्र्धन गर्न उपयोग गर्ने बतातउनु भयो ।

जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि निति बनाउने पक्षमा नेपाली काँग्रेस रहेको उहाँको भनाई छ । उहाँले प्रविधीमैत्री, नवप्रवद्र्धनशील र डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको पनि बताउनु भयो । डिजिटल प्लेटफर्मले कामलाई सहजता, तिब्रता र स्रोतमा पहुँचमा पु¥याएको उहाँको भनाई छ । छ । यसको सकरात्मक पक्ष हुँदाहुँदै पनि कतिपय कुराहरुमा यसको नकरात्मक असर पनि पु¥याएको उहाँले बताउनु भयो । डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुुरक्षित हुने समस्याको समाधानको लागि सरकार र सरोकारवाला निकायहरुले समयमा नै ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस सदैव नवप्रर्वधन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा उभिँदै आएको छ । नेपाली कांग्रेसले डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच पु¥याई विशेष गरी युवा विद्यार्थी, उद्यमी, किसान, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सिर्जनशीलता प्रवद्र्धन गर्न उपपयोेग गर्ने र जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि नितिमा पु¥याउने पक्षमा छौँ । हामी सबै मिलेर प्रविधीमैत्री, नवप्रवद्र्धनशील र डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ । डिजिटल प्लेटफर्मले कामलाई सहजता र तिब्रता दिएको छ । स्रोतमा पहुँचमा पु¥याएको छ । अझ भनौ विश्वाससँग जोडिएको छ । यसको सकरात्मक पक्ष हुँदाहुँदै पनि कतिपय कुराहरुले यसको नकरात्मक असर पनि पु¥याएको छ । नागरिकलाई सचेत बनाउने प्रविधिको भरपर्दो र सुरक्षित उपयोग गर्नको लागि यस प्रकारको कार्यक्रमले सहयोग गर्नेछ । डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुुरक्षित हुने समस्याको समाधानको लागि सरकार र सरोकारवाला निकायहरुले समयमा नै ध्यान दिन आवश्यक छ ।’ 

उहाँले नेपाली काँग्रेसको नेतृत्वको सरकारको अग्रसरतामा जारी भएको दूरसञ्चारसम्बन्धी निति, ऐन र नियमहरुले आज नेपालका टाढाका बस्तीहरु र सबै नागरिकहरुलाई प्रविधिको पहुँचमा ल्याएको बताउनु भयो । तरपनि प्रविधिका क्षेत्रहरुमा अझै धेरै कामहरु गर्न बाँकी रहेको उहाँको भनाई छ ।