२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अशोक राई र राजेन्द्र महतोको पार्टीबीच आज कार्यगत एकता हुने



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएको अशोक राई नेतृत्वको जसपा र लोसपाबाट अलग भएर गठन भएको राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता हुने भएको छ ।

दुई दलबीच आज काठमाडौंमा आयोजित कार्यक्रममा कार्यगत एकताको घोषणा हुन लागेको हो ।

दुई दलले पहिचानको मुद्दामा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यगत एकता घोषण कार्यक्रम आज दिउँसो ३ बजे मध्यबानेश्वरस्थित कृष्ण भोग पार्टी प्यालेसमा राखिएको छ ।