२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा मिडियाको स्वतन्त्रता र सुरक्षामा सुधार नभएको अमेरिकी प्रतिवेदनको निष्कर्ष



अ+ अ-

काठमाडौं । अमेरिकी सरकारको मानवअधिकार प्रतिवेदनले नेपालमा मानवअधिकारको समग्र अवस्था सुधार नभएको निष्कर्ष निकालेको छ ।

अमेरिकाले नेपाल सरकारले मानवअधिकार उल्लंघनमा संलग्न अधिकारीहरूलाई छानबिन गर्ने विश्वसनीय प्रयासहरू गरे पनि दोषी ठहर गरिएका अधिकारीहरूलाई नियमित रूपमा दण्डित नगरेको उल्लेख गरेको हो ।

अनलाइनबाट सार्वजनिक सन् २०२४ को अन्तर्राष्ट्रिय मानव अधिकार प्रतिवदेनमा वर्षभरि नेपालमा मानवअधिकारको अवस्थामा गत वर्षभन्दा कुनै महत्वपूर्ण परिवर्तन नदेखिएको उल्लेख छ ।

गैरकानुनी हत्या, यातना वा अमानवीय, क्रूर, अपमानजनक व्यवहार वा सजाय, थुना, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध, गैरन्यायीक गिरफ्तारीहरू र जबरजस्ती श्रमसहितको मानव बेचबिखन लगायतका विषयमा केन्द्रित रहेर प्रतिवेदन बनाइएको हो ।

संविधान र कानुनले अभिव्यक्तिको स्वतन्त्रता, प्रेस तथा अन्य सञ्चार माध्यमका सदस्यहरूका लागि सुनिश्चित गरे पनि मानवअधिकार कानुनविद्हरू र केही पत्रकारहरूले संविधान र कानुनहरू अस्पष्ट भएको र त्यसले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता सीमित गर्न सक्ने ठाउँ दिएको बताएको प्रतिवदेनमा छ ।

सरकारले तिब्बती समुदायका व्यक्तिलाई सांस्कृतिक रूपमा महत्वपूर्ण पर्वहरू मनाउन नदिई अभिव्यक्ति स्वतन्त्रता सीमित गरेको प्रतिवेदनमा छ ।