२१ मंसिर २०८२, आईतवार
,
Latest
लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा ‘कथाकली’ नृत्य 



अ+ अ-

वीरगञ्ज, (पर्सा) । भारतको ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा बुधबार भारतीय कला संस्कृति झल्किने ‘कथाकली’ नृत्य प्रस्तुत गरिएको छ । काठमाडौँस्थित भारतीय दूतावास र भारतको महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा बुधबार बेलुका यहाँ नृत्य प्रस्तुत  गरिएको छ ।

भारतको केरला राज्यमा निकै प्रख्यात मानिएको महाभारतको कथामा आधारित कथाकली नृत्यु केरलाबाट आएका नौ जना कलाकारले प्रस्तुत गरेका थिए ।

यहाँ उपस्थित मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धबारे चर्चा गर्नुभएको थियो ।

“नेपाल र भारतबीच सदियौँदेखि सांस्कृतिक र भावनात्मक सम्बन्ध रहँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “जसकारण दुवै मुलुकबीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आइरहेको छ । यसलाई थप सुदृढ गर्दै आपसी सद्भाव र सामजञ्यता कायम गर्न आवश्यक छ ।”

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्ने बताउनुभयो । भारतको महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिणाले भारत र नेपालबीच सदियौँदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध कायम रहँदै बताउनुभयो ।

“भारतीय स्वतन्त्रता आन्दोलनमा पनि नेपालका तर्फबाट उल्लेखनीय भूमिका निर्वाह गरिएको छ”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “दुवै मुलुकबीच भाइचारा र सांस्कृतिक आदानप्रदान हुँदै आइरहेको छ । यो निकै प्रशंसनीय कार्य हो । यस सम्बन्धलाई अझै प्रगाढ बनाउन भारत प्रतिबद्ध छ ।”

कार्यक्रम इन्डियन काउन्सिल फर कल्चरल रिलेसनको संयोजनमा भएको हो ।