८ श्रावण २०८३, शुक्रबार
,
Latest
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना तीनवटा संसदीय समितिको बैठक बस्दै वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर यसरी सम्भव छ बाह्रैमास पर्यटन बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाममा सबैभन्दा बढी १ सय ४६ मिलिमिटर वर्षा, पश्चिममा मनसुन सक्रिय



अ+ अ-

काठमाडौँ । मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इलाममा वर्षा भएको छ । बुधबार साँझ पछिल्लो २४ घण्टामा इलामको कन्याममा १४६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर वर्षा भएको छ । झापाको अनारमनीमा १२५ मिलिमिटर, सुनसरीको चतरामा ११२ मिलिमिटर, उदयपुरको गाईघाटमा ११४।४ मिलिमिटर वर्षा भएको छ ।

कास्कीमा पनि पछिल्लो २४ घण्टामा १२४ मिलिमिटर, सिन्धुपाल्चोकको गोब्रेमा १०८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रमा धेरै भारी वर्षा भएको विभागले जनाएको छ ।

अन्य नौ मापन केन्द्रमा ८० देखि १०० मिलिमिटरको बीचमा वर्षा भएको छ । यो भारी वर्षा हो । विभागका अनुसार झन्डै ५० भन्दा बढी वर्षा मापन केन्द्रमा ५० देखि ६० मिलिमिटरको बीचमा वर्षा भएको छ ।

प्राप्त विवरणअनुसार ती जिल्लाबाहेक दार्चुला, डोटी, जुम्ला, बाजुरा, जाजरकोट, रुकुम, पर्वत, सुर्खेत, गुल्मी, रुपन्देही, नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, बारा, काठमाडौँका तीन जिल्ला, दोलखा ओखलढुङ्गा, सङ्खुवासभा, धनकुटा, धनुषा, उदयपुर, झापालगायत जिल्लामा वर्षा भएको छ ।

मङ्गलबारदेखि पुन: मनसुन सक्रिय भएर बुधबार देशभर बदली भई धेरै ठाउँमा वर्षा भएको हो । विभागका सूचना अधिकारी दिनकर कायस्थले मनसुन सक्रिय भइरहेको बताउनुभएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भू–भागभन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने जनाएको छ ।

हाल देशभर पूर्णतया बदली रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । रासस