१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदर्शन केमिकलको च्यानल पार्टनर बन्यो एसके प्रालि



अ+ अ-

काठमाडौं । एसके(ESSKAY) प्रालिले भारतको सुदर्शन केमिकल इण्डस्टिजसँग च्यानल पार्टनरको रुपमा काम गर्ने भएको छ । हालै दुई कम्पनीका अधिकारीबीच यससँग सम्बन्धित सहमतिमा हस्ताक्षर भएको हो । 

उक्त सहमतिअनुरुप एसकेले प्लाष्टिक अद्योगहरुका लागि आवश्यक पर्ने सुदर्शन केमिकलका ‘केमिकल पिग्मेन्ट’को बजारीकरणका साथै वितरणको काम समेत गर्नेछ । ‘पिग्मेन्ट’ प्लाष्टिकजन्य विभिन्न सामाग्रीको उत्पादन गर्दा विशेष रंग थप्न आवश्यक पर्दछ । 

यो सहमतिपछि अब एसकेले आफ्ना स्थानीय स्तरका गोदामहरुबाट सहज रुपमा केमिकल पिग्मेन्ट उपलब्ध गराउनेछ । यो कार्यले ग्राहकहरुमा पर्ने व्यवस्थापनको दवाब र कार्यशील पूँजी लगायतमा समेत सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । 

सुदर्शन इण्डियाले  विगत ६० वर्षभन्दा बढी समयदेखि उच्च गुणस्तरका अर्गानिक र इन–अर्गानिक पिग्मेन्ट र इफेक्ट पिग्मेन्टहरु उत्पादन गर्दै आइरहेको छ । यस्ता पिग्मेन्टहरु प्लाष्टिक, कोटिङ्ग्स, सौन्दर्य प्रसाधन र विशेष उद्योगका उत्पादनहरुमा प्रयोग हुँदै आएको छ । सुदर्शन इण्डियाको सेल्स यूनिटका डेपुटी जनरल म्यानेजर कुशल चक्रवतीका अनुसार सुदर्शन केमिकल विश्वको तेस्रो ठूलो पिग्मेन्ट कम्पनीको रुपमा चिनिन्छ । 

बिगत ४० वर्षदेखि वितरकको रुपमा काम गर्दै आइरहेको एसके प्रालि प्लाष्टिक उद्योगसँग सम्बन्धित कच्चा पदार्थ, रसायन र मेसिनरी आपूर्तिका लागि ‘टिबरेवाला’को नामले परिचित छ । सुदर्शनसँग च्यानल पार्टनरको रुपमा काम गर्न पाउँदा आफूहरु उत्साहित भएको एसके प्रालिका कार्यकारी निर्देशक श्री एल.एन. सिंह बताउनुभयो । उहाँका अनुसार यो सहमतिले ग्राहकको सन्तुष्टि बढाउन मद्धत पुग्नेछ । यस्तै, स्थानीय स्तरमा बिक्री केन्द्रहरु खोलेर गुणस्तरीय सेवा समेत दिइने उहाँको प्रतिबद्धता छ । ‘हामी सधैं ग्राहकको आवश्यकतालाई विशेष प्राथमिकता दिनेछौं ।’ उहाँले भन्नुभयो ।