२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासयनिक मलको प्रभावकारी वितरणका लागि ठोस प्रश्तावसहित तीन दिनभित्र उपस्थित हुन प्रधानमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनभित्र रासयनिक मलको प्रभावकारी वितरणको ठोस प्रश्तावसहित उपस्थित हुन कृषि, तथा पशुपंक्षी विकासमन्त्रीलाई निर्देशन दिनुभएको छ ।

रासयनिक मलको अभाव भएको गुनासोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा मंगलवार कृषिमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग छलफल गर्नुभएको हो ।

रासयनिक मलको उपलब्धता, आपूर्तिको विषय गहन छलफल भएको बताउनु भयो । यथेष्ठ मात्रामा जति रासयनिक मल हुनुपर्ने थियो, त्यो किन हुन सकेन ? भन्दै प्रश्न गर्नुभयो । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उद्योग,  वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले यथेष्ठ मात्रामा मल उपलब्ध नभएको र प्रभावकारी वितरण किन हुन नसकेको सो अब प्रभावकारी वितरण गर्ने ठोस प्रश्तावसहित उपस्थित हुन तीन दिनको समय दिनुभएको जानकारी दिनुभयो ।  उहाँले रासयनिक मल अहिले पनि उपलब्ध रहेको र आयात पनि भइरहेको बताउनु भयो । वितरण प्रभावकारी हुन नसेककोबारे प्रधानमन्त्रीको चासो छ ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘आज सम्माननीय प्रधानमन्त्रीज्युको उपस्थितिमा कृषि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अहिलेको रासयनिक मलको उपलब्धता, आपूर्तिको विषयलाई लिएर छलफल भएको छ । यथेष्ठ मात्रामा जति रासयनिक मल हुनुपर्ने थियो, त्यो किन हुन सकेन ? भनेर प्रधानमन्त्रीज्युले गम्भीरतापूर्वक चासो राख्नुभएको छ । यद्यपि अहिले पनि रासयनिक मल उपलब्ध छ । आयात पनि भइरहेको छ । त्यसलाई वितरण जसरी हुनुपर्ने हो त्यसरी हुन सकेन । समग्र विषयलाई तीन दिनभित्र ठोस प्रश्तावसहित आउन कृषि मन्त्रालयलाई निर्देश भएको छ । नेपालमा मल कारखानाका लागि आवश्यक तयारीका लागि उद्योग मन्त्रालयलाई निर्देश भएको छ ।’

प्रधानमन्त्री ओलीले नेपालमा मल कारखानाका लागि आवश्यक तयारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभएको पनि मन्त्री भण्डारीले बताउनु भयो ।