२ श्रावण २०८३, शनिबार
,
Latest
मुक्ति घोषणा भएको चार वर्षः हरवाचरवा समुदाय पहिचानबाट वञ्चित ‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदर्शन केमिकलको च्यानल पार्टनर बन्यो एसके प्रालि



अ+ अ-

काठमाडौं । एसके(ESSKAY) प्रालिले भारतको सुदर्शन केमिकल इण्डस्टिजसँग च्यानल पार्टनरको रुपमा काम गर्ने भएको छ । हालै दुई कम्पनीका अधिकारीबीच यससँग सम्बन्धित सहमतिमा हस्ताक्षर भएको हो । 

उक्त सहमतिअनुरुप एसकेले प्लाष्टिक अद्योगहरुका लागि आवश्यक पर्ने सुदर्शन केमिकलका ‘केमिकल पिग्मेन्ट’को बजारीकरणका साथै वितरणको काम समेत गर्नेछ । ‘पिग्मेन्ट’ प्लाष्टिकजन्य विभिन्न सामाग्रीको उत्पादन गर्दा विशेष रंग थप्न आवश्यक पर्दछ । 

यो सहमतिपछि अब एसकेले आफ्ना स्थानीय स्तरका गोदामहरुबाट सहज रुपमा केमिकल पिग्मेन्ट उपलब्ध गराउनेछ । यो कार्यले ग्राहकहरुमा पर्ने व्यवस्थापनको दवाब र कार्यशील पूँजी लगायतमा समेत सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । 

सुदर्शन इण्डियाले  विगत ६० वर्षभन्दा बढी समयदेखि उच्च गुणस्तरका अर्गानिक र इन–अर्गानिक पिग्मेन्ट र इफेक्ट पिग्मेन्टहरु उत्पादन गर्दै आइरहेको छ । यस्ता पिग्मेन्टहरु प्लाष्टिक, कोटिङ्ग्स, सौन्दर्य प्रसाधन र विशेष उद्योगका उत्पादनहरुमा प्रयोग हुँदै आएको छ । सुदर्शन इण्डियाको सेल्स यूनिटका डेपुटी जनरल म्यानेजर कुशल चक्रवतीका अनुसार सुदर्शन केमिकल विश्वको तेस्रो ठूलो पिग्मेन्ट कम्पनीको रुपमा चिनिन्छ । 

बिगत ४० वर्षदेखि वितरकको रुपमा काम गर्दै आइरहेको एसके प्रालि प्लाष्टिक उद्योगसँग सम्बन्धित कच्चा पदार्थ, रसायन र मेसिनरी आपूर्तिका लागि ‘टिबरेवाला’को नामले परिचित छ । सुदर्शनसँग च्यानल पार्टनरको रुपमा काम गर्न पाउँदा आफूहरु उत्साहित भएको एसके प्रालिका कार्यकारी निर्देशक श्री एल.एन. सिंह बताउनुभयो । उहाँका अनुसार यो सहमतिले ग्राहकको सन्तुष्टि बढाउन मद्धत पुग्नेछ । यस्तै, स्थानीय स्तरमा बिक्री केन्द्रहरु खोलेर गुणस्तरीय सेवा समेत दिइने उहाँको प्रतिबद्धता छ । ‘हामी सधैं ग्राहकको आवश्यकतालाई विशेष प्राथमिकता दिनेछौं ।’ उहाँले भन्नुभयो ।