२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्रको ४० प्रतिशत जनमतलाई पाखा राखेर पार्टी चल्दैनः महामन्त्री थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १४औँ महाधिवेशनमा ४० प्रतिशत मत ल्याएको शक्तिलाई पाखा राखेर पार्टी नचल्ने बताएका छन् । 

काठमाडौँ अनामनगरस्थित बसेरा होटलमा डा.शेखर कोइराला समूहको भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । 

‘सभापतिज्यूको इच्छा आउने चुनावमा पार्टीलाई पहिलो बनाउने होला । पार्टीभित्रको ४० प्रतिशत जनमतलाई पाखा राखेर उहाँको उद्देश्य कसरी पुरा हुन्छ ?’ उनले प्रश्न गरे । 

यस्तै महामन्त्री थापाले राष्ट्रियसभाको निर्वाचनसँगै गठबन्धन बनाएर चुनाव लड्ने कामको अन्त्य हुनुर्ने बताएका छन् । 

उनले अगाडी भने – ‘हामी वडादेखि केन्द्रदेखि एक्लै चुनाव लड्नुपर्छ भन्ने पक्षमा छौँ । यो हाम्रो विचारसमूहको बटमलाईन हो ।