२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाहरुलाई परराष्ट्रमन्त्रीको आग्रहः विदेश नजानुस् तर ज्ञान र सीप सिकेर फर्किनुस



अ+ अ-

ललितपुर: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले युवा बर्ग देशको ठूलो पुँजी भएकाले उनीहरुको उर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउण्डेसनद्वारा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपाल निर्माणको आधार भनेको युवा शक्ति नै भएकाले उनीहरुप्रति नै देशले भर गरेको छ भन्नुभयो ।

नेपालको जनसङ्ख्याको ठूलो हिस्सा युवाहरुको रहेकाले यही बर्गले नै मुलुकको भविष्य निर्माणमा ठूलो योगदान गर्न सक्ने उहाँको भनाई थियो । युवाको सम्भावना र सिर्जनशीलतालाई चिनेर देशले प्रयोग गर्न सक्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

मन्त्री डा राणाले युवाहरु सबै विदेश गए, देश नै खाली भइसक्यो भन्ने जस्तो भाष्य निर्माण गरिएको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो “म युवाहरु विदेश जानै हुदैन भन्ने पक्षमा छैन । म भन्छु यहाँहरु विदेश जानुस्, तर त्यहाँ ज्ञान, सीप र पुँजी आर्जन गरेर स्वदेश फर्किनुस् । हाम्रै माटोलाई समृद्ध बनाउनुपर्छ । सबै मिलेर देशको विकास गर्नुपर्छ ।”

स्वदेश फर्र्किएका कैयौँ युवाहरुले विदेशमा आर्जन गरेको पुँजी र ज्ञान प्रयोग गरेर उद्यमशीलतालाई अघि बढाएका बताउँदै मन्त्री डा राणाले युवाहरुको यो अग्रसरतामा सरकारको सधैँ साथ र सहयोग रहने स्पष्ट गर्नुभयो । मन्त्री डा राणाले प्रविधि, शिक्षा, खेलकुद, उद्यम लगायतका कैयौँ क्षेत्रमा नेपाली युवाहरुले प्रतिस्पर्धा गरी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गरिरहेका प्रसङ्ग पनि उल्लेख गर्नुभयो ।
नेपालीहरुले संसारमा नै परिश्रमी र इमान्दार नेपालीको पहिचान बनाएको बताउँदै मन्त्री डा राणाले यसलाई पनि हामीले पुँजीका रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले देशका युवाहरुलाई सकारात्मक सोच मात्र राख्न र विद्यालय विश्वविद्यालयमा औपचारिक अध्ययन पछि केही न केही जीवनोपयोगी सीप सिकेर दक्ष बन्न सुझाव पनि दिनुभयो । मन्त्री डा राणाले भन्नुभयो “अहिले धेरै युवाहरु टिकटक लगायतका सामाजिक सञ्जालको लतमा फसिरहेको पाइन्छ । तिनको प्रयोग आफ्नो ज्ञान र सीपको दायरा बढाउने काममा मात्र गर्नुहोस् । जीवनमा नकारात्मकता फौलाउने काममा कहिल्यै नलाग्नुहोस्, यसले तपाईंहरुको जीवनमा कुनै राम्रो उर्जा दिँदैन ।”

सो कार्यक्रममा उक्त फाउन्डेसनले विगत लामो समयदेखि नेपालका विपन्न तथा अवसरविहीन बालबालिका तथा युवाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताको सम्बोधन गर्दै व्यावसायिक सीप सिकाउँदै आएको छ ।