२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपुरथिमिको बोडेमा नीलबाराही नाच सुरु



अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवीशक्ति र तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको प्रसिद्ध नीलबाराही नाच गए रातिबाट सुरु भएको छ ।

बोडेमा मनाइने नीलबाराही नाच गाईजात्राको भोलिपल्टको मध्यरातिबाट बोडेको अखा द्यों छेँ अर्थात् देवता घरबाट सुरु भई रातभर सहरका विभिन्न चोक एवं टोलमा नाचिरहेको र स्थानीयले पूजा गरिरहेको मध्यपुरथिमि नगरपालिका–८ बोडेका वडाध्यक्ष एवं नीलबाराही नाचका संरक्षक रमेश थापा श्रेष्ठले जानकारी दिनुभयो ।

मध्यरातिबाट सुरु भएको नाचपछि भोलिपल्टको बिहान टोलवासीको पूजा गर्नेको घुइँचो लाग्ने गर्छ । बिहान नीलबाराही नाचका सबै देवगणलाई स्थानीयले पूजा गर्ने गर्छन् । यो क्रम चार रात र बिहान चल्ने गर्छ । नीलबाराही देवीको तान्त्रिक शक्तिका आधारमा यो नाच नाच्ने र दवगणहरूलाई देवीको शक्ति प्राप्त हुने जनविश्वास रहँदै आएको छ ।

त्यसैगरी मध्यपुरथिमि–७ नगदेशमा १२ वर्षपछि गए रातिबाट तान्त्रिक शक्ति रहेको भैल: प्याखँ (भैरव नाच) प्रदर्शन भइरहेको छ । गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया)देखि पञ्चमीसम्म चार रात मध्यपुरथिमिमा भैरव नाच प्रदर्शन हुनेछ ।

भैल: प्याखँमा न्हापाँ र लिपाँ गरी दुई जना भैल:, न्हापाँ र लिपाँ गरी दुई जना दाँगी र एक जनाज्यापुंगको भेषमा नाचिन्छ भने धाँ, मुहालीलगायतका बाद्यवाधक एवं सहयोगीसमेत गरी एक सय जनाको समूह सक्रिय रूपमा सहभागी भइरहेका छन् ।

श्री नगदेश ऐतिहासिक सांस्कृतिक भैल: पुच:ले आयोजना गरेको भैल: प्याखँमा यस वर्ष नगदेशका विभिन्न क्षेत्रमा र टोलमा भैरव नाच प्रदर्शन गरिन्छ । चार रातसम्म भैरवका विभिन्न देवगणहरूलाई तान्त्रिक शक्ति प्राप्त गरी नाच प्रदर्शन गरिन्छ ।

त्यसैगरी गए रातिबाट मध्यपुरथिमि –५ पोबुटालबाट सलचा प्याँख अर्थात् घोडा नाच प्रदर्शन गरिएको छ । चार रातसम्म प्रदर्शन हुने यो नाच भुलाखेल, द्धिगुटोल, बालकुमारी, चपाचालगायत क्षेत्रमा प्रदर्शन हुनेछ । मध्यपुरथिमिका तीन ठूला सहरमा रातभर चार दिनसम्म विभिन्न देवीदेवताको नाच चलिरहनेछ । रासस