२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियाली भोजनालय स्थापनार्थ उद्यमशीलता तालिम सम्पन्न



अ+ अ-

काठमाडौँ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले उद्यमशीलतासम्बन्धी सीप हासिल गरी कोरियामा रोजगारको अनुभव भएका धेरै नेपाली युवाले स्वदेश फर्केर राम्रो व्यवसाय गर्न सकेको बताउनुभएको छ ।

गणतन्त्र कोरिया सरकारको आर्थिक सहयोगमा कोइका नेपाल तथा एचआरडी कोरियाको समन्वयमा सञ्चालित के–फुड ९कोरियाली परिकार० उद्यमशीलता तालिम कार्यक्रमको समापन गर्दै उहाँले यस प्रशिक्षणमा भाग लिएका प्रशिक्षार्थीहरुलाई नेपालमा नै उद्यमी बनाउन लक्ष्य लिइएको बताउनुभयो ।

राजदूत पार्कले केही महिनाअघि दूतावासले प्रकाशनमा ल्याएको कोरियाको अनुभवमा आधारित ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तकमा समावेश भएका ५० जना सफल उद्यमीको प्रेरणादायी कथाहरुका बारेमा जानकारी गराउँदै नयाँ उद्यमीलाई विभिन्न किसिमका तालिमले मार्गदर्शन गर्ने बारेमा उल्लेख गर्नुभयो । कोइका नेपालका प्रमुख खोङ मुहनले ‘के–हामी परियोजना’मार्फत कोरियामा रोजगारको अनुभव भएका युवा पुस्तालाई विभिन्न प्रशिक्षण तालिममार्फत स्वदेशमा नै उद्यमी बनाउनका लागि ध्यान केन्द्रित गरेको बताउँदै स्थिर दिगो विकासका लागि नेपालसँग हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा श्रम मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाले कोरिया सरकारको सहयोगमा सन् २०२२ बाट सञ्चालन भएको उद्यमशीलता तथा पुनःस्थापना कार्यक्रममार्फत धेरै व्यक्तिहरु लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । नेपालमै कोरियाली भोजनालय स्थापना गर्ने उद्देश्यले सञ्चालित प्रशिक्षण कार्यक्रममा १५ जना प्रशिक्षार्थी सहभागी छन् । आठ दिनसम्म सञ्चालित सो प्रशिक्षणमा कोरियाबाट आएका भोजनविज्ञले कोरियाली विभिन्न खानाका परिकारहरु बनाउने सीप सिकाएका थिए ।

कोरिया सरकारले कोरियामा रोजगारीको अनुभव भएका युवाहरुलाई लक्षित गरी विभिन्न सहयोगमार्फत दिगो ‘स्टार्टअप इकोसिस्टम’ विस्तार गर्ने जनाएको छ । स्टार्टअपमार्फत रोजगारी सिर्जना भई नेपालको अर्थतन्त्र थप सहयोग पुग्ने विश्वास गरिएको छ ।