२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले नाडा अटो शोको उद्घाटन गर्नुहुने



अ+ अ-

काठमाडौँ । आगामी भदौ ३ गतेबाट हुने नाडा अटो शोको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिती रहने भएको छ । प्रधानमन्त्री ओलीले शोको उद्घाटन प्रधानमन्त्रीले गर्नुहुने नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले जानकारी दिनुभयो।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग भेट गरी नाडा अटो शो उद्घाटनको निम्तो दिएको छ । प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औँ वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी गराउनुभयो ।

यस्तै, उहाँले पहिलो पटक नेपालमा प्रदर्शन हुँदै गरेको युनिट्र रोबोट्स् र डिपल इभटोल युएभी जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्र विन्दु हुने जानकारी गराउनुभयो ।

नाडाले यही आउँदो भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा १७औँ नाडा अटो शो २०२५ आयोजना गर्दैछ । शोमा १२५ भन्दा बढी प्रदर्शक तथा ३० भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ ।