२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता दुरुपयोग रोक्न र नागरिकताविहिन अवस्था टार्न सरकार सचेत होस्ः सांसद गौतम



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) की सांसद इन्दिरादेवी गौतमले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता उपलब्ध गराउने विषयमा छिटो निष्कर्षमा पुग्न सरकार र समितिलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लामो समयदेखि गैरआवासीय नागरिकताको विषयमा अस्पष्टता रहँदा प्रवासी नेपाली नागरिकमा निराशा र आक्रोश रहेको बताउनु भयो । वंशजको नागरिकतालाई स्पष्ट पार्नुका साथै विदेशमा रहेका नेपालीले गैरआवासीय नेपाली नागरिकता पाउने प्रावधान संविधानको मर्म र भावनाअनुसार व्यवस्थापन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘वंशजको नागरिकतालाई स्पष्ट पार्दै विदेशमा रहेका नागरिकले गैरआवासीय नेपाली नागरिकता पाउने विषयमा संविधानको मर्म र भावनाअनुसार नयाँ विधेयक बनाएर व्यवस्था गर्ने या विधेयकले नै संशोधन गर्ने भन्ने विषयमा यो समिति स्पष्ट हुनुपर्छ । लामो समयदेखि यो विषयमा अस्पष्टता हुँदा एक किसिमको अन्यौलता र प्रवासी नेपालीका बिचमा निराशा र आक्रोश रहेको पाइन्छ । त्यसकारण यस विषयमा छिटो निष्कर्षमा पुग्न आवश्यक । नागरिकता दुरुपयोग रोक्न तथा नेपाली नागरिक नागरिकताविहिन हुनुपर्ने अवस्थामा समेत सचेत रहनुपर्ने अवस्था छ ।’

उहाँले नागरिकता दुरुपयोग रोक्ने र कुनैपनि नेपाली नागरिक नागरिकताविहिन हुनुपर्ने अवस्था नआओस् भन्नेमा सरकार सचेत रहनुपर्नेमा जोड दिनुभयो ।