२१ भाद्र २०८३, आईतवार
,
Latest
एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना प्युठानको काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता दुरुपयोग रोक्न र नागरिकताविहिन अवस्था टार्न सरकार सचेत होस्ः सांसद गौतम



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) की सांसद इन्दिरादेवी गौतमले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता उपलब्ध गराउने विषयमा छिटो निष्कर्षमा पुग्न सरकार र समितिलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लामो समयदेखि गैरआवासीय नागरिकताको विषयमा अस्पष्टता रहँदा प्रवासी नेपाली नागरिकमा निराशा र आक्रोश रहेको बताउनु भयो । वंशजको नागरिकतालाई स्पष्ट पार्नुका साथै विदेशमा रहेका नेपालीले गैरआवासीय नेपाली नागरिकता पाउने प्रावधान संविधानको मर्म र भावनाअनुसार व्यवस्थापन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘वंशजको नागरिकतालाई स्पष्ट पार्दै विदेशमा रहेका नागरिकले गैरआवासीय नेपाली नागरिकता पाउने विषयमा संविधानको मर्म र भावनाअनुसार नयाँ विधेयक बनाएर व्यवस्था गर्ने या विधेयकले नै संशोधन गर्ने भन्ने विषयमा यो समिति स्पष्ट हुनुपर्छ । लामो समयदेखि यो विषयमा अस्पष्टता हुँदा एक किसिमको अन्यौलता र प्रवासी नेपालीका बिचमा निराशा र आक्रोश रहेको पाइन्छ । त्यसकारण यस विषयमा छिटो निष्कर्षमा पुग्न आवश्यक । नागरिकता दुरुपयोग रोक्न तथा नेपाली नागरिक नागरिकताविहिन हुनुपर्ने अवस्थामा समेत सचेत रहनुपर्ने अवस्था छ ।’

उहाँले नागरिकता दुरुपयोग रोक्ने र कुनैपनि नेपाली नागरिक नागरिकताविहिन हुनुपर्ने अवस्था नआओस् भन्नेमा सरकार सचेत रहनुपर्नेमा जोड दिनुभयो ।