१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अप्ठ्यारो पर्‍योः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको अभाव भएर राज्यले पूर्वाधार आयोजनामा लगानी गर्न नसकेको बताउनुभएको छ ।

अर्थ समितिमा सोमवार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा उहाँले पूर्वाधारमा लगानी गर्न स्रोत नभएका कारण राज्यले  वैकल्पिक वित्तको कानून ल्याउन खोजेको बताउनुभएको हो ।

उहाँकाअनुसार आयोजना छनोटका लागि, टे«जरीबाहिरबाट स्रोत जुटाउन र कार्यान्वयन गर्नका लागि यो कानूनले महत्वपूर्ण हुनेछ । प्रतिफल दिने योजनामा निजी क्षेत्रबाट समेत लगानी जुटाउन यो कानून महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

अर्थमन्त्री पौडेलले भन्नुभयो– ‘अहिले राज्यले पूर्वाधारमा लगानी गर्नसक्ने अवस्था रहेन । हामीलाई स्रोतको ठूलो दबाब भयो त्यसैले प्रतिफल दिने आयोजनामा ट्रेजरी भन्दा बाहिरबाट स्रोत जुटाउन यो विधेयक ल्याइएको हो । वैकल्पिक स्रोतमार्फत पूर्वाधारहरुमा लगानी जुटाएर ठूला आयोजनाहरु अघि बढ्न सघाउ पुग्नेछ ।’

वैकल्पिक वित्तको कानून बनेपछि स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अहिले परिरहेको समस्या सामाधान हुनेछ । खानीका अध्ययन, मल कालखाना, आइटी लगायतका क्षेत्रमा त्यस्तो स्रोत परिचालन गर्न सकिने उहाँले बताउनु भयो ।