२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने

माधव कमरेडलाई १९ करोडको मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, साथीहरु सत्ताच्युत गर्न खोज्यो भन्दैछन्ः झलनाथ खनाल

माधव कमरेडलाई १९ करोडको मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, साथीहरु सत्ताच्युत गर्न खोज्यो भन्दैछन्ः झलनाथ खनाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाका कारण मार्गप्रशस्त गर्न सचिवालय बैठकमा राखेको प्रश्तावलाई बदलाको भावना वा सत्ताच्युत गर्ने उद्देश्यका रूपमा नबुझ्न आग्रह गर्नुभएको छ ।

उहाँले यस्ता टिप्पणीहरूलाई कच्चापन र बचपनाको संज्ञा दिँदै असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्मविपरीतका कुराहरू नगर्न नेताहरूलाई आग्रह गर्नुभयो । पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष नेपालमाथि भ्रष्टाचार आरोपको मुद्दा छ । यो मुद्दा २०६६ सालमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेपलाञ्चोकको बनेपामा हदबन्दी छुटमा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई बेचेको प्रकरणसँग सम्बन्धित छ । माधव नेपालले २०६६ माघ १८ मा मन्त्रिपरिषद्को निर्णयमार्फत पतञ्जलीलाई ८ सय १५ रोपनी जग्गा खरिद गर्न हदबन्दी छुट दिएको र दुई महिना नबित्दै २०६६ चैत ६ मा उक्त जग्गा बेच्न स्वीकृति दिएको आरोप छ ।

यो निर्णय कानूनविपरीत भएको र नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियारले २०८२ जेठ २२ मा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ । नेपालको सांसद पद निलम्वन छ । सोही विषयमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सम्मानित नेता खनालले यस्तो किसिमको बच्पना नदेखाउन पनि नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । पार्टी नेताहरुले उक्त मुद्दा माधव नेपाललाई मात्रै लागेको मुद्दा नभइ पार्टीलाई नै लागेको मुद्दा हो भन्ने टिप्पणी गरिरहेको भन्दै यो गलत रहेको बताउनु भयो । सबैलाई लागेको राजनीतिक मुद्दा हो भनेर बेतुकका कुराहरु गर्नु उचित नहुने उहाँको भनाइ छ । असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्म र भावना विपरितका कुराहरु नगर्न पनि आग्रह गर्नुभयो । यसले अध्यक्ष नेपाललाई झन बढी समस्या पार्ने जिकिर सम्मानित नेता खनालको छ ।

उहाँले भन्नुभयो, ‘उहाँले (माधव नेपाल) कसरी पार्टी छोडेर गइदिए हुन्थ्यो भन्ने शब्द खुस्काउनुभयो । म अचम्मित छु । माधव कमरेडलाई यत्रो ठूलो मुद्दा लागेको छ । १९ करोडको मुद्दा लागेको छ । तर कसरी माधव कमरेडलाई बचाउने होला, उहाँको मुद्दालाई अनुकुल कसरी बनाउने होला । उहाँको प्रतिवादीलाई कसरी प्रभावकारी बनाउने होला ? यो कुरामा म जहिले पनि सोचिरहको छु । मैले सचिवालयमा राखेको प्रश्ताव पनि त्यसै दिशामा छ । उहाँलाई अनुकुलता थपियोस् भनेर । ता की उहाँले यो मुद्दाबाट मुक्ति पाउन सक्नुहोस् भनेर । तर अब कतिपय मान्छेहरु यो कहाँ माधव नेपाललाई मात्रै लागेको मुद्दा हो, यो त पार्टीलाई नै लागेको मुद्दा हो, यो त सबैलाई लागेको राजनीतिक मुद्दा हो भनेर बेतुकका कुराहरु, असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्म र भावना विपरितका कुराहरु गर्न थालेका छन् । त्यसले माधव नेपाललाई झन बढी खोकलामा हाल्ने काम गर्दछ ।’

‘यो कुरा माधव कमरेडले स्वयं बुझिदिए कति राम्रो हुन्थ्यो । उहाँले मुद्दा पहिलो पटक मात्रै देखेको, बुझेको होइन होला । थुप्रै नेता, कार्यकर्तामाथि मुद्दा लागेका छन् । केपी कमरेड, आरके कमरेड, घनेन्द्र कमरेडमाथि मुद्दा लागेको थियो । ति मुद्दाका विरुद्ध एउटा पञ्चायती तानाशाही शासनले मुद्दा लगाएको थियो । ति मुद्दाका विरुद्ध हामीले व्यापक रुपमा लड्यौँ त । राजनीतिक रुपले लड्यौँ, कानूनी रुपले लड्यौँ । यसमा उहाँले धेरै कच्चा काम गर्नुहोला भनेर आशा गर्दिन । परिपक्व काम गर्नुस् भनेर नै मैले एउटा प्रश्ताव नै प्रश्तुत गरेको छु । त्यो प्रश्ताव असाध्यै सोचि विचारीकन यो पार्टी जस्तो रेभिलुसनरी पार्टीले कस्तो स्ट्याण्डर बसाउने भन्ने हो । मैले माक्सवादी प्रश्ताव र नयाँ नजिर बसाउने प्रश्ताव प्रश्तुत गरेको छु । त्यो प्रश्तावलाई यो त माधव कमरेडलाई उखेलेर फ्याँक्ने, सत्ताच्युत गर्ने, बदलाको भावना लिएर आउने भन्ने गरी कसैले हरेको छ भने यो असाध्यै कच्चापन हो । बच्पनापन पनि हुनेछ ।’

उहाँले अध्यक्ष नेपालमाथि १९ करोड बराबरको मुद्दा लागेको र आफूले उहाँलाई कसरी बचाउने होला भनेर सोचिरहेको बताउनु भयो । अध्यक्ष नेपालको मुद्दालाई अनुकुल कसरी बनाउने ? प्रतिवादीलाई कसरी प्रभावकारी बनाउने होला ? भनेर सोचिरहेको उहाँको भनाइ छ ।