५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपन्देही- ३ उपनिर्वाचन: उम्मेदवार हुन आवेदन दिएकाहरूसँग छलफल गर्दै रास्वपा



अ+ अ-

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुन आवेदन दिएका ९ जना आकांक्षी सँग सामूहिक छलफल गरेको छ । रास्वपाले प्राइमरी इलेक्सनका लागि साउन ७ गतेदेखि २१ गतेसम्म आवदेन माग गरेको थियो ।

कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रूपन्देही ३ मा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा.लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्यालले उम्मेदवार हुन आकांक्षा राख्दै आवेदन दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय चस्मतिमा भै रहेको छलफललाई सहमहामन्त्री विपिनकुमार आचार्यले सहजिकरण गर्नुभएको छ । छलफलमा कोषाध्यक्ष लिमा अधिकारी, लुम्बिनी प्रदेश सभापति देवराज पाठक समेत सहभागी हुनुहुन्छ ।