२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेखमा तीजको कार्यक्रम हेरेर फर्केकी बालिका बलात्कृत



अ+ अ-

सुर्खेत । दैलेखमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते राति तिजको कार्यक्रम हेर्न गएकी बालिका बलात्कृत भएकी हुन् ।

पक्राउ पर्नेमा चामुण्डाबिन्द्रासैनी–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेका छन् । उनीहरूले १२ वर्षीया बालिकालाई पालैपालो बलात्ककार गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालले जानकारी दिए ।

साउन २२ गते राति तीजको नाच हेरेर एकै उमेरका ४/५ जना किशोरीको समूह घर फर्किदै गर्दा गोविन्द र खगेन्द्रले उनीहरूलाई पिछा गरेका थाहा पाएपछि किशोरीहरू भागेका थिए । त्यहीमध्येकी एक किशोरी भाग्ने क्रममा लडेपछि उनलाई पालैपालो बलात्कार गरेको पाईएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीमा दिएको जाहेरीका आधारमा ती युवाहरूलाई पक्राउ गरिएको डिएसपी बरालले जानकारी दिए ।

घटनापश्चात बालिकालाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




भर्खरै