६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग वार्ताका लागि तयार भएर बसेका छौं- परराष्ट्रमन्त्री ज्ञवाली



अ+ अ-

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भूमि अतिक्रमण र सीमावर्ती मुद्दामा भारतसँग कूटनीतिक संवाद गर्नका लागि नेपाल तत्पर भएर बसेको बताएका छन् । बिहीबार नेपालको नयाँ राजनीतिक–प्रशासनिक नक्सा सार्वजनिक हुनासाथै भारतले यो नक्सालाई ‘अमान्य’ भनेको सन्दर्भमा प्रतिक्रिया जनाउँदै मन्त्री ज्ञवालीले कान्तिपुरसँग भने, ‘हामी वार्ता र संवादको उपायबाट अहिले उब्जिएका समस्या निरुपणमा तत्पर छौं, हामीसँग रहेका सम्पूर्ण प्रमाण र वैज्ञानिक आधारसमेत जुटाएर नयाँ नक्सा प्रकाशित गरिएको हो । भारतसँग द्विपक्षीय संवाद गर्नका लागि प्रत्यक्ष–परोक्ष आग्रह गरिरहेका छौं ।’

‘वार्ताका लागि हामी धेरै अघिदेखि तयार छौं, आग्रहअनुसार भारतसँग वार्ता सुरु भइदिएको भए अहिले अर्कै चरणमा पुगिने थियो होला । वार्ताका लागि मिति पनि प्रस्ताव गरिएकै हो,’ मन्त्री ज्ञवालीले भने, ‘सीमा विवादको पछिल्लो चरणमा भारतले अहिलेको कोरोना संकट हटेपछि वार्तामा बस्ने भनेर जवाफ दिएको हो, तर हामी तत्कालै पनि वार्ताको पक्षमा छौं, हामी तयार भएर बसेका छौं । यो समस्या सुल्झाउनमा संवादभन्दा पर्तिर अर्को उपाय छैन भन्ने मलाई लाग्छ ।’कान्तिपुरमा समाचार छ ।