२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आदिवासी जनजातिको आत्मसम्मानका लागि कांग्रेस संवेदनशील छः सभापति देउवा



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिको आत्मसम्मानका लागि कांग्रेस संवेदनशील रहेको बताउनुभएको छ ।

एकतीसौँ विश्व आदिवासी दिवसका अवसरमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आदिवासी जनजातिको आत्मसम्मानका लागि संविधानमै व्यवस्था गरिएको बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री देउवाले सामाजिक परिवर्तनका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरूप उपलब्धिहरू नयाँ संविधानमार्फत प्राप्त भएको उल्लेख गर्नुभयो ।

सभापति देउवाले संविधानको प्रस्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्याय राखेर अहिले त्यसको कार्यान्वयन भइरहेको स्पष्ट पार्नुभयो । उहाँले आदिवासी जनजाति सङ्गठित रूपमा आफ्नो अधिकारका लागि अगाडि बढेको बताउनुभयो ।

सभापति देउवाले राजनीतिकसँगै सामाजिक र आर्थिक विकासमा एकजुट भएर अगाडि बढ्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । कांग्रेसले आदिवासी, जनजातिको परम्परा र वेशभूषालाई संरक्षण र संवर्द्धन गर्दै आइरहेको उहाँको भनाइ थियो ।