१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इएफएल: चेल्सीद्वारा टोटेनह्याम पराजित



अ+ अ-

इङल्यान्डको प्रतिष्ठित फुटबल प्रतियोगिता इएफएल अन्तरगत गएराति भएको पहिलो लेगको सेमिफाइनल खेलमा चेल्सीले टोटेनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

चेल्सीका लागि पहिलो हाफको पाचौं मिनेटमै काई हाभार्जले गोल गरेका थिए भने ३४ अौ मिनेटमा टोटेनह्यामका बेन डेभिसले आत्मघाती गोल गरेका थिए ।

कोभिड संक्रमण र घाइते खेलाडीका कारण संकट व्यहोरिरहेको चेल्सीका लागि यस खेलमा सबैजसो खेलाडी उपलब्ध थिए ।