२४ श्रावण २०८३, आईतवार
,
Latest
तीन सय दुई किलो गाँजासहित एक जना पक्राउ सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते सद्भाव र शान्ति कायम राख्न धार्मिक अगुवाहरूको सामूहिक प्रतिबद्धता ‘मोडल हन्ट नेपाल’को उपाधि परन्तप र लिजालाई साना सिँचाइ कार्यक्रमः इलाममा ५९५० हेक्टरमा सिँचाइ सुविधा मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु पूर्णबहादुर खड्काको अपिल : ‘कांग्रेस एकताका लागि सभापति गगन थापा निर्णायक भूमिकामा आउनुस्’ धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा



अ+ अ-

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु एक लाख ९९ हजार ४०० पुगेको छ ।

बिहीबार प्रतितोला रु एक लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन आज तोलामा रु एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु दुई हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु दुई हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।