४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह प्रशासनको प्रयोग गरेर मिडियालाई निस्तेज पार्ने काम सह्य हुँदैनः राजेन्द्र पाण्डे



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सरकार निरंकुशतातिर प्रवेश गरेको बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सञ्चारमाध्यमहरु अब गृह मन्त्रालयअन्तर्गतका निकाय (जिल्ला प्रशासन कार्यालय) मा दर्ता हुनुपर्ने प्रावधान सरकारले ल्याउन लागेको हो ? भन्ने प्रश्नमा उहाँले गृह प्रशासनको प्रयोग गरेर सञ्चारमाध्यमलाई निस्तेज पार्ने काम सह्य नहुने चेतावनी दिनुभयो । सञ्चारमाध्यमहरुले पनि सत्यतथ्यमा आधारित समाचार मात्रै दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मिडियाका सन्दर्भमा सरकारले गृह प्रशासनलाई नै प्रयोग गर्दै जुन ढंगले मिडियाको मुख बन्द गराउन प्रयत्न गरेको देखिन्छ । यो अनुपयुक्त हो । सत्यतथ्यमा आधारित समाचार दिने कुरामा मिडिया लाग्नुपर्छ । आफ्नो अनुशासनमा रहनुपर्छ । तपाईंहरुलाई कारबाही गर्ने, गलत समाचार छापिदिएर कारबाही गर्नुपर्ने प्रेस काउन्सिलले नै टुंगो गर्ने हो । एक खालकोअदालत पनि हो । त्यसको भुमिका निस्तेज गर्दै गृह प्रशासनको हिसावले गर्ने हो भने निरंकुशतातिर प्रवेश ग¥यौँ ।’

सञ्चारमाध्यमहरु पनि आफ्नो अनुशँसनमा रहनुपर्ने बताउनु भयो ।