५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टार्टअप र नविनताका लागि विद्यमान औद्योगिक सम्पतीसम्बन्धी कानून पर्याप्त छैनः मन्त्री भण्डारी



अ+ अ-

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्यमान औद्योगिक सम्पत्तिसम्बन्धी कानूनहरू देशको वर्तमान आवश्यकताका लागि पर्याप्त नरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा औद्योगिक सम्पतीसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भण्डारीले निजी क्षेत्रलाई समेत समेटेर नविनता र स्टार्टअप प्रवद्र्धन नयाँ कानून आवश्यक रहेको बताउनुभएको हो । उहाँले हाल प्रचलनमा रहेको कानूनले आफ्नै सम्पत्तिको सुरक्षा गर्न गाह्रो भएको बताउनु भयो । उहाँले औद्योगिक उत्पादन र व्यापारिकरणका लागि निजी क्षेत्रलाई साथ लिएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै अहिलेका कानूनी संरचनाहरूले त्यो सम्भव नबनाएको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले औद्योगिक सम्पतीसम्बन्धी कानूनको जुन अभ्यास हामीले गरिरहेका छौं । त्यो हाम्रो लागि पर्याप्त छैन । हाम्रा सम्पतीहरुको हामी आफैंले पनि सुरक्षा गर्न सकिरहेका छैनौं । विश्वव्यापारमा हाम्रो आजको जे अवस्था छ । आज हामीले स्टार्टअप नविनतामा जति छलाङ मार्नुपर्ने हो त्यति मार्न सकिरहेको अवस्था छैन । त्यसैले आजको दिनमा हामीले वस्तुको उत्पादन गर्नको लागि, त्यसको व्यापारिकण गर्नको लागि निजी क्षेत्रलाई पनि सँगै लग्नुपर्ने भएको कारणले त्यसका लागि हिजोका कानूनहरु अपर्याप्त छन् । ’

विधेयकमाथिको छलफलमा बोल्दै सांसदहरुले औद्योगिक सम्पतीको सुरक्षाका लागि उक्त विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।