१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुलो र हिलो रहित सडक पूर्वाधार निर्माण सरकारको उच्च प्राथमिकतामाः उपप्रधानमन्त्री पौडेल



फाइल फोटो
अ+ अ-

काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलो रहित सडक पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले सडक पूर्वाधारको सन्दर्भमा धुलो र हिलो रहित सडकको मात्रै परिकल्पना नगरेको भन्दै त्यसलाई व्यवहारिक रुपमा सार्थक तुल्याउने काममा सरकार लागेको जिकिर गर्नुभयो । उहाँले सरकारले गुणस्तरीय सडक निर्माणमा जोड दिइरहेको पनि बताउनु भयो । उहाँले सरकारले पूर्वपश्चिम राजमार्गको सडक स्तरोन्नति गरिरहेको, मध्यपहाडी लोकमार्गको काम पनि भइरहेको जानकारी गराउनु भयो । आवश्यक परेका ठाउँमा नीतिहरु संशोधन गर्ने काममा पनि सरकार लागिरहेको बताउनु भयो । उहाँले बजेट निर्माणमा दिनुभएको सुझाव जस्तै  प्रभावकारी कार्यान्वयनमा पनि त्यत्तिकै जोड दिन आग्रह गर्नुभयो । पछिल्लो समय अर्थतन्त्रको सबै सूचकहरुमा सकारात्मक सुधार भइरहेको बताउनु भयो ।

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘गुणस्तरीय सडक पूर्वाधार बिना हामीले हामीले जस्तोसुकै प्रदर्शनीको पनि सही सदुपयोग हुन सक्दैन । त्यसकारणले अहिले सरकारले गुणस्तरीय सडक पूर्वाधारलाई महत्व दिएको छ । हामीसँग पूर्व—पश्चिम राजमार्ग छँदै थियो । तर त्यो पूर्व—पश्चिम राजमार्गले हाम्रो चित्त बुझेन । हाम्रो आवश्यकता सम्बोधन गरेन । त्यसअर्थ हामीले त्यसलाई स्तरोन्नति गर्दैछौँ । झापाको काँकडभित्तादेखि कञ्चपुरसम्म हामीले सडक स्तरोन्नति गर्दैछौँ । विभिन्न ठाउँमा काम शुरु भइरहेको छ । हामीले हुलाकी सडक लामो समयदेखि प्रतिक्षा गरिएको सडकको कामलाई निर्माण गरिरहेका छौँ । हामीले मध्यपहाडी लोकमार्ग, पुष्पलाल लोकमार्ग निर्माण गर्दैछौँ । त्यो लोकमार्ग पनि औषत स्तरको होइन, साँच्चिकै मध्यपहाडको यातायातको विकास गर्ने दृष्टिकोणले महत्व राख्ने सडकका रुमपा विकास गर्दैछौँ । शहरी पूर्वाधारहरुमा पनि हाम्रो त्यत्तिकै ध्यान गएको छ । शहरी पूर्वाधार, शहरमा धुलो र हिलो रहित सडक बनाउँछौँ । एउटा यस्तो समय थियो, सडकमा निस्किएपछि त्यहाँ कि त धुलो हुन्छ, कि त हिलो हुन्छ । धुलो बिनाको सडक, हिलो बिनाको सडक हुन्छ भनेर नेपालीले आफ्नो आँगनमा देख्न नपाउने अवस्था थियो । अब हामी सडक पूर्वाधारको सन्दर्भमा धुलोरहित र हिलो रहित सडकको परिकल्पना मात्रै गरिरहेका छैनौँ, त्यसलाई व्यवहारिक रुमपा सार्थक तुल्याउँदै छौँ । सडक निर्माणको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेका छौँ ।’

उपप्रधानमन्त्री पौडेलले पौडेलले सडक पूर्वाधार सरकारको प्राथमिकताको विषयमा रहेको बताउनु भयो । तीन वर्षभित्र सरकारले उच्च प्राथमिकताका साथ भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने बताउनु भयो । टुकुचादेखि पश्चिमको भूभागमा रहेका संरचनाहरु भत्काएर अत्याधुनिक, व्यवस्थित र आकर्षक प्रदर्शनी स्थल बन्ने बताउनु भयो ।