२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

ट्रान्सफर्मर चोरीमा संलग्न १२ जनाको समूह पक्राउ (फोटो फिचरसहित)

ट्रान्सफर्मर चोरीमा संलग्न १२ जनाको समूह पक्राउ (फोटो फिचरसहित)
अ अ+ अ-

काठमाडौं । प्रहरीले विद्युत् ट्रान्सफर्मर चोरीमा संलग्नलाई पक्राउ गरेको छ ।

कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा लामो समयदेखि सक्रिय ट्रान्सफर्मर चोरीमा संलग्न समूहलाई प्रहरीले पक्राउ गरेको छ हो ।

प्रादेशिक अपराध अनुसन्धान समूह, विराटनगरको नेतृत्वमा सञ्चालित विशेष अपरेसनमा १२ जना अभियुक्त पक्राउ परेका छन् । चोरसँगै चोरीको सामान खरिद गर्ने व्यापारीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

ट्रान्सफर्मर चोरीको शृंखला २०७९ को अन्त्यदेखि २०८२ सालको साउनसम्म चलिरहेको थियो । मोरङका ८, सुनसरीका १२ र झापाका २ गरी कुल २२ ट्रान्सफर्मर चोरी भएका थिए । चोरीमा संलग्न गिरोहले बस्ती पारीका पोलहरूबाट रातको समयमा ट्रान्सफर्मर हटाउने, तारको तामा निकाल्ने र विभिन्न कबाडी पसलमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकामा मोरङ, ग्रामथान–४ का अर्जुनकुमार माझी, ग्रामथान–५ का इरज धामी, सुनसरी, दुहबी–३ का अनुज विश्वास, मोरङ, बेलबारी–४ का अर्जुन चौधरी, सुनसरी दुहबी–४ बस्दै आएका भारतीय नागरिक आलम मियाँ, दुहबी–२ का प्रयाग खाँ र मोरङ, बेलबारी–३ का रञ्जित तामाङ हुन् ।

त्यसपछि तामाको तार खरिद गरेका व्यापारीहरू—विराटनगर–३ का भाँडा पसले लक्ष्य प्रधान, विराटनगर–६ का कृष्णगोपाल ताम्राकार, दुहबी–३ का योगेश अग्रवाल, दुहबी–२ का कपिल भट्ट र इटहरी–४ का सिताराम राईलाई पक्राउ गरिएको छ । उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गिरोहबाट प्रहरीले ३६८ किलो तामाको तारसहित एक थान पिकअप भ्यान, १२ थान मोबाइल, ६ वटा मोटरसाइकल, र ट्रान्सफर्मर खोल्न प्रयोग गरिएका डायल रेञ्च, ग्राइन्डर, ह्याक्सो, पिलास, छिनो, साङली, झम्पललगायतका औंजारहरू बरामद गरेको छ ।