२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले टोल समन्वय समूह बनाउने, रविको पक्षमा ३२ लाख हस्ताक्षर र ५६ लाख सहयोग



अ+ अ-

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीले टोल समन्वय समूह बनाइ वडा भन्दा तल्लो स्तरमा रहेर अभ्यास गर्ने भएको छ ।

पार्टी केन्द्रिय कार्यालय चःमतीमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । वडा भन्दा तल पनि आफ्नो पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले टोल समन्वय समूहको परिकल्पना गरिएको पार्टीका प्रवक्ता मनिष झाले बताउनु भयो । उहाँकाअनुसार समूहको संयोजक टोल समन्वय समूह रहने र पालिका अधिवेशनको प्रतिनिधि बन्न पाउने बताउनु भयो । बैठकले रुपन्देही उपनिर्वाचनको लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, ‘अबदेखि टोल समन्वय समूहको परिकल्पना गरेर रास्वपाले वडा भन्दा तल पनि अभ्यास गर्ने निर्णय गरेको छ । हरेक टोलमा सदस्यता विस्तार गर्ने र एउटा जिम्मेवारी राख्ने । सो समूहमा रहेको संयोजक,उपसंयोजक, टोल सदस्यहरु त्यसरी हुन्छ । टोल समूहका संयोजक वडा परिषद्मा सदस्य हुनुहुनेछ । पालिका अधिवेशनको प्रतिनिधि हुनुहुनेछ ।’

केन्द्रिय समितिको बैठक साउन २३ गते पार्टी केन्द्रिय कार्यालयमा १ बजे बस्ने निर्णय समेत गरेको बताउनु भयो । हालसम्म पार्टी सभापतिको पक्षमा ५६ लाख रुपैयाँ सहयोग र ३२ लाख हस्ताक्षर संकलन भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल