२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय समन्वय समितिको बैठक: राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल



अ+ अ-

काठमाडौं । उच्चस्तरीय समन्वय समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ ।सरकार संञ्चालनमा सहजीकरण गर्न नेपाली काग्रेसका नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको संयन्त्रको आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता समेत रहनु भएका समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिल गर्दछौ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना दिंदै भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको पनि कार्कीले जानकारी दिनुभयो । संयन्त्रका संयोजक पौडेलले बुधबार साँझ प्रमुखप्रतिपक्ष दल नेपका  एमालेका अध्यक्ष केपी ओली संग उहाँ कै निबास बालकोटमा वार्ता समेत गर्नुभएको थियो ।