• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त

उच्चस्तरीय समन्वय समितिको बैठक: राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल



काठमाडौं । उच्चस्तरीय समन्वय समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ ।सरकार संञ्चालनमा सहजीकरण गर्न नेपाली काग्रेसका नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको संयन्त्रको आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता समेत रहनु भएका समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिल गर्दछौ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना दिंदै भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको पनि कार्कीले जानकारी दिनुभयो । संयन्त्रका संयोजक पौडेलले बुधबार साँझ प्रमुखप्रतिपक्ष दल नेपका  एमालेका अध्यक्ष केपी ओली संग उहाँ कै निबास बालकोटमा वार्ता समेत गर्नुभएको थियो ।