२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँ नियुक्त



file photo
अ+ अ-

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् ।

मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित बानियाँले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका थिए । संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यले सरकार गठन गर्नसक्ने प्रावधानअनुसार बानियाँले एमालेसहित ६४ सांसदको समर्थनमा मुख्यमन्त्री पदको दाबी गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री बानियाँले आजै अपराह्न ४ बजे शपथ ग्रहण लिने कार्यक्रम तोकिएको छ।