५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड



अ+ अ-

कास्की। कार्यवाहक प्रधानमन्त्री एव शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानअनुसार सङ्घीयता कार्यान्वयनमा जोड दिनुभएको छ ।

आज पोखरामा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ठूला योजना सङ्घले, मध्यम योजना प्रदेश र साना योजना स्थानीय सरकारले बनाउने हो । तर सो अनुसार अहिले कार्यान्वयन हुन सकिरहेको छैन ।”

उहाँले आगामी दिनमा सङ्घीयताको अभ्यास हुँदै जाँदा व्यावहारिक रुपमै कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री सिंहले विकास निर्माणका काम सम्झौताअनुरुप समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले भौतिक निर्माणलाई समयमै सम्पन्न गर्न कडाइका साथ काम गरिरहेको उल्लेख गर्नुभयो । मन्त्री सिंहले संविधानले परिकल्पना गरेअनुसार अधिकारहरु प्रदेश र स्थानीय तहमा पु¥याउन नसकेको स्वीकार गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उस्तै योजना कार्यान्वयन गर्दा सङ्घीयताको मर्मविपरीत भएको बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सङ्घीय सरकारले निर्माण गरेका पूर्वाधारहरुको पनि महानगरबाट पूरा गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

नवनिर्मित सो कार्यालयको भवन रु चार करोड १७ लाख ३३ हजार ६८६ मा निर्माण गरिएको सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख (सिडिई) सुनिता श्रेष्ठले जानकारी दिनुभयो ।

भवन निर्माणको जिम्मा सूर्य कन्स्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो । सो कम्पनीले तोकिएको मितिभन्दा अगावै भवन निर्माण गरेको हो । रासस




भर्खरै