२३ मंसिर २०८२, मंगलवार
,
Latest
सिरहाका चारवटै क्षेत्रमा कांग्रेसको उम्मेदवार सिफारिस मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल ‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा हङकङ आगलागीमा मृत्यु सङ्ख्या १६० पुग्यो बारीको पाटामा जन्ते बाख्रो, मौलिक संस्कृति ब्युताउँने सेफहरुको प्रयास चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण ‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार प्रधानमन्त्रीलाई श्रेष्ठको आग्रह,‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’ इन्डोनेसियाको राजधानीमा भीषण आगलागी, महिलासहित २२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक निर्माण गर्न म्याद थप



अ+ अ-

नवलपरासी । भारतसँग जोडिएको महेशपुर मूल भन्सारको सडक निर्माणका लागि दोस्रो पटक म्याद थपिएको छ ।

बर्दघाट सुस्ता पश्चिम नवलपरासी महेशपुरदेखि हरपुरसम्म एक किलोमिटर र सुनवल बजारमा पाँच सय मिटर सडक निर्माण गर्न २०८० वैशाखमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बुटवल र गौरीशङ्कर हिमालयन कन्ट्रक्सन कम्पनीबीच सम्झौता भएको थियो । हालसम्म ४० प्रतिशत काम भएको डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्रले बताउनुभयो ।

स्थानीयको भौतिक संरचना, बिजुलीको खम्बा सार्नुपर्नेलगायत कामका कारण ठेकेदारले समयमै काम सम्पन्न गर्न नसकेको प्रमुख मिश्रको भनाइ छ । महेशपुर सडकको काम सम्पन्न गर्न दोस्रो पटक (अन्तिम) म्याद थप गरिएको सडक डिभिजन कार्यालयका इञ्जिनियर सुशिल पौडेलले बताउनुभयो । थपिएको म्यादसम्म सडकको काम सम्पन्न नगरेपछि ठेकेदारलाई कानुन बमोजिम कारबाही गरिने उहाँको भनाइ छ ।

बिजुलीको खम्बालगायत संरचना सार्नुपर्ने भएकाले समयमा काम समपन्न गर्न नसकिएको गौरीशङ्कर हिमालयन कन्ट्रक्सन कम्पनीका सञ्चालक मणिराम लामाले बताउनुभयो । आगामी कात्तिक महिनासम्म काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको उहाँले बताउनुभयो ।

निर्माण व्यवसायीले सडकको काम समयमा नगरेपछि यति बेला वर्षा भएपछि भारतबाट आउने मालवाहक सवारी तथा यात्रुलाई हिलोमा आवतजावत गर्न समस्या भइरहेको पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदीश गुप्ताले बताउनुभयो । उहाँका अनुसार जिल्लाको पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरदेखि भक्सीपुरसम्म ढल निकाससहित सडक निर्माणका लागि गौरीशङ्कर हिमालयन कन्ट्रक्सन कम्पनीले ठेक्का लिएको हो । रासस