९ आश्विन २०८१, बुधबार
,
Latest
पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश उच्चस्तरीय व्यवस्थापन समूहको बैठकः साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीका उच्च अधिकारी काठमाडौँमा, मेरियट होटल क्वारेन्टिन ?



अ+ अ-

काठमाडौँ । नेपालले आफ्नो अतिक्रमित भूमि समेटेर नयाँ नक्सा ‘अपडेट’ गरेको छ । अब यस बमोजिम नेपालको संविधान २०७२ संशोधनको प्रक्रिया पनि सुरु भएको छ । संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता भइसकेको छ भने यहाँका राजनीतिक दलहरुले यस बारेमा आफ्ना दलगत धारणाहरु आपसमा बनाइरहेका छन् । अहिलेसम्म सबै दलको सहमतिमा नै सर्वसम्मतिबाटै संविधान संशोधन हुने वातावरण बाहिरबाट देखिँदैछ । तर यस्तो बेलामा पछिल्लो समय सीमा विवादका कारण सम्बन्धमा दरार उत्पन्न गर्ने चेष्टा गरिरहेको दक्षिणी छिमेकी मुलुक भारतका नेताहरुको भने नेपाल सम्बन्धमा भारतबाट प्रतिक्रिया दिने तथा नेपालमै आएर प्रभावित पार्नखोज्ने खेल भएको बुझिएको छ । यसको पछिल्लो प्रमाण भारतका पूर्व विदेश सचिव तथा नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरण नै नेपाल आएको खुलेको छ । उनी गएको आइतबार नै नेपाल आएको बुुझिएको छ ।

उनी काठमाडौँको मेरियट होटलमा बसेको खुल्न आएको छ । आइतबार आएका उनले प्रधानमन्त्री केपी ओलीलाई पनि बालुवाटारमै पुगेर भेटेको बालुवाटार स्रोतको भनाई छ । दुई देशबीचको कूटनीतिक सम्बन्धमा चिसोपना आएको बेला त्यहाँका एकजना वरिष्ठ कूटनीतिज्ञ नेपाल आउनुलाई नै नराम्रो भन्नुपर्ने अवस्था त देखिँदैन । किनभने भेटघाट, छलफल र परामर्शबाटै निष्कर्ष निस्किने हो । फेरि उनलाई भारत सरकारले नै विशेषदूतका रुपमा पनि पठाउन सक्छ । तर अहिलेको परिस्थिति हेर्दा त्यस्तो देखिँदैन । किनभने यति जिम्मेवार कार्यहरु यसरी सुटुक्क आएर र गोप्य रुपमा होटलमा बसेर होला भन्न सकिँदैन । सहजताका लागि भए सार्वजनिक रुपमा हुनुपथ्र्यो ।

नेपाल सरकारले वार्ताका लागि बारम्बार आग्रह गरी आएको छ तर कोरोनाको महामारीको कारण देखाएर वार्तामा बस्न मानेको छैन । उता भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई बारम्बार प्रयास गर्दा पनि भारतीय विदेश मन्त्रालयले भेट दिएको छैन । उनलाई भेटका लागि मन्त्रालयलका अधिकारीले समेत समय नदिएर अपमानित गरेको समाचार यसअघि नै आएको छ । तर पनि यस्तो अवस्थामा यसरी सुटुक्क नेपाल आएका यी उच्च अधिकारीका क्रियाकलापहरु निगरानीमा राख्नुपर्ने आवश्यक छ । अनि कोरोना महामारीको कारण देखाएर नेपाल सरकारलाई वार्ताको समय नदिने भारतका यी वरिष्ठ कूटनीतिज्ञलाई उनी बसेको होटलमै क्वारेन्टिनमा राख्ने कि भेटघाट र चलखेललाई निरन्तर गरिरहन दिने ?