३० असार २०८३, मंगलवार
,
Latest
वर्तमान शासन संरचनामा असान्दर्भिक देखिएका कानूनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यकः अर्थमन्त्री चितवनको पुँजीगत खर्च ५८ प्रतिशत ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा नीतिगत सुधार र आर्थिक निकासमार्फत मुलुकको समस्या समाधान गर्न सरकार प्रतिवद्ध छः मन्त्री लम्साल सडक सुरक्षा र पूर्वाधार विकासका लागि ऐन संशोधनको तयारीमा सरकार सरकारी विज्ञापनमा निजी सञ्चारमाध्यमलाई रोक लगाउने निर्णय सर्वोच्चले गर्‍यो खारेज एमाले प्रमुख सचेतक ऐन महरलाई ज्यान मार्ने धम्की एकैदिन ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता मनसुनी प्रभाव पूर्वमा पर्न सक्ने पूर्वानुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ओम हस्पिटलमा १० प्रतिशत छुट



अ+ अ-

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब ओम हस्पिटलमा उपचार सेवा लिँदा विशेष छुट सुविधा पाउने भएका छन्। कम्पनी र ओम हस्पिटलबीच भएको सहकार्यअनुसार बीमितहरूलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशत छुट प्रदान गरिने भएको हो।

साथै, ओम हस्पिटलमा उपलब्ध हेल्थ चेकअप प्याकेजहरूमा पनि विशेष सहुलियत प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। छुट सुविधा लिनका लागि बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

यस्तै, अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गरेर छुट सुविधा प्राप्त गर्न सक्नेछन्।