२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ओम हस्पिटलमा १० प्रतिशत छुट



अ+ अ-

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब ओम हस्पिटलमा उपचार सेवा लिँदा विशेष छुट सुविधा पाउने भएका छन्। कम्पनी र ओम हस्पिटलबीच भएको सहकार्यअनुसार बीमितहरूलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशत छुट प्रदान गरिने भएको हो।

साथै, ओम हस्पिटलमा उपलब्ध हेल्थ चेकअप प्याकेजहरूमा पनि विशेष सहुलियत प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। छुट सुविधा लिनका लागि बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

यस्तै, अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गरेर छुट सुविधा प्राप्त गर्न सक्नेछन्।