३० असार २०८३, मंगलवार
,
Latest
सरकार विकासभन्दा विवादमा केन्द्रित भयो, लोकतन्त्रको रक्षामा प्रतिवद्ध बनौँः सन्दीप राना महिनावारीका कारण बालिकाहरूको शिक्षा र भविष्य नरोकियोस्ः सांसद अधिकारी जलन उपचारको प्रभावकारी संयन्त्र र घाइतेहरूको व्यवस्थापन गर्न सरकारसँग सांसद खुश्बु ओलीको माग ‘प्रश्न गर्नेको मुख थुन्ने काम मिडिया हाउसदेखि प्रतिपक्षी नेताको घरसम्म पुग्यो’: सांसद डा. अर्जुन कार्की उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता सरकार प्रश्नबाट भाग्न मिल्दैन, प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छः प्रमुख सचेतक दुलाल राष्ट्रिय सेवा दलः अनुशासित, सक्षम र कर्तव्यनिष्ठ युवा शक्ति निर्माणको राष्ट्रिय अभियान प्रतिनिधिसभाबाट केही समयमै बाहिरिए प्रधानमन्त्री शाह मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीका लागि सरकारलाई सभामुखको निर्देशन मन्त्रिपरिषद बैठक ४ बजे
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा असफल भएको सांसद तामाङको दाबी



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले स्वास्थ्य बीमा असफल भएको दाबी गर्नुभएको छ ।
संघीय संसदको अर्थ समितिको मङ्गलवारको बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । त्यसैगरी, नेपालको स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा असफल भएको दाबी गर्दै उहाँले यसको कारणबारे प्रश्न गर्नुभयो ।

उहाँले बीमाको तथ्याङ्क, स्वास्थ्य बीमाको असफलता र व्यावसायिक घरानाको एकाधिकारका कारण सिर्जना हुनसक्ने वित्तीय जोखिमबारे सरकार र नियामक निकायको ध्यानाकर्षण गराउनु भयो । सांसद तामाङले बीमाको पहुँचका सम्बन्धमा सरकारी दाबी र वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको उल्लेख गर्नुभयो ।

बीमाको पहुँच ५१ प्रतिशत पुगेको भनिए पनि व्यवहारमा २० प्रतिशतको हाराहारीमा मात्र देखिएको तर्क गर्दै उहाँले पहुँच विस्तारका लागि ठोस योजना आवश्यक रहेको बताउनु भयो ।

बैठकमा सांसद तामाङले नेपालको अर्थतन्त्र सिमित व्यक्तिको नियन्त्रणमा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । एउटै समूहले बैंक, बीमा र उद्योग गरी तीनवटै क्षेत्रमा लगानी गर्दा स्वार्थको द्वन्द्व सिर्जना भएको उहाँको भनाइ छ । उहाँले करिव १०० परिवारले नेपालको अर्थतन्त्रलाई विभिन्न माध्यमबाट नियन्त्रणमा लिएको विश्लेषण सुनाउँदै इजाजतपत्र (लाइसेन्स) दिने बेलामा नै यी क्षेत्रहरूलाई अलग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले सबै क्षेत्रमा बुझ्दा नेपालको स्वास्थ्य बीमा असफल भएको पाएको छु । यो किन असफल भयो ? यसको जवाफ चाहिन्छ । एउटै व्यक्तिले उद्योग, बैंक र बीमामा हात हाल्दा एउटा क्षेत्र डुब्दा त्यसको असर अरू क्षेत्रमा पनि पर्ने देखियो । उद्योग घाटामा जाँदा बीमा र बैंक पनि प्रभावित हुने जोखिम छ । त्यसैले एउटा क्षेत्रमा संलग्न व्यक्तिलाई अर्को क्षेत्रमा लगानी गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नु आवश्यक छ, ताकि एउटा क्षेत्रको असफलताले समग्र अर्थतन्त्रमा ’मल्टिप्लायर’ असर नपरोस् ।’

कृषि बीमाको पहुँच न्युन रहेको विषयमा अन्य सांसदहरूले उठाएको धारणामा समर्थन जनाउँदै उहाँले बीमा क्षेत्रको समग्र सुधारका लागि नीतिगत स्पष्टताको माग गर्नभयो ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै