काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा बस दुर्घटनामा परेको छ ।
गोरखाबाट नारायणगढतर्फ लागेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हो ।
यात्रुहरूको उद्धार कार्य जारी रहेको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन ।
यसअघि ७ भदौ २०८१ मा यसै क्षेत्रमा भारतीय तीर्थयात्री सवार बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाले ज्यान गुमाएका थिए ।
थप विवरण आउन बाँकी छ ।










