४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतमा प्रधानसेनापतिले कसरी मानार्थ महारथीको उपाधी पाए ?



अ+ अ-

डा. प्रेमसिंह बस्न्यात

श्री ३ बीर सम्सेर राणालाई ब्रिटिश इन्डियाले पहिलो पटक नेपाली प्रधानमन्त्रीलाई भारतमा  रहेका ब्रिटिश गोर्खाको मात्र मानार्थ प्रमुख सेनानी  दिने चलन सुरु गर्‍यो।  श्री ३ चन्द्र सम्सेरको पालामा मानार्थ मेजर जनरल ( उपरथी ) दिएको थियो भने भारतमा रहेको ब्रिटिश गभर्नर जनरललाई नेपाली सेनाको मानार्थ जनरल ( माहारथी ) दिएको  थियो ।

जब सन १९४७ मा ब्रिटिश भारतबाट फर्कने भयो तब ब्रिटिशले स्वतन्त्र भारतलाई समेत सोही परम्परा कायम राख्न निर्देशन दियो ।  किनकी ब्रिटिश गोर्खा आधाभन्दा थोरै बेलायती सेना बने भने धेरै इन्डियन गोर्खा बनेर यतै बसे। सोही कारणले मात्र मानर्थ महारथी कायम राख्ने काम जारी राखियो।

त्यसपछि स्वतन्त्र भारतले श्री ३ लाई हैन श्री ५ महाराजधिराजलाई महारथी दिने  प्रस्ताव गरेको थियो ।  राजा त्रिभुवनलाई मानार्थ महारथी दिने पत्राचार  समेत भयो तर राजाले अस्वीकार  गरेर  मानार्थ महारथीको उपाधी लिन नमानेको  र नेपाली सेनाका प्रधानसेनापतिलाई  दिनु भनेपछि  नेपाल का प्रधान सेनापतिलाई दिन थालिएको हो ।  यसै बेलादेखि  नेपालले पनि भारतीय प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधी दिन थालेको हो । 

तर  मानार्थ महारथी दर्जा  प्रधानसेनापति पद भने होइन। प्रधानसेनापति नियुक्ती हो, दर्जा होइन। दुवै देशका प्रधानसेनापतिको  दर्जा महारथी हो।  २०४६ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दी र भारतीय नेता चन्द्र शेखर लगायत व्यक्तिहरु नेपाल आएर आन्दोलन गरेकोले सो अवधिका प्रधानसेनापति सच्चित समसेर राणाले भारतको मानार्थ महारथी दर्जा  अस्वीकार गरेका थिए ।

यसैको बदलामा तत्कालीन प्रधानसेनापति सच्चित सम्सेर राणा बङ्गलादेशको  सैनिक प्रमुखको निमन्त्रण्मा नेपाली सेनाको एभ्रो जहाजमा  बङ्गलादेश जान खोज्दा भारतले हवाई उडानका लागि हवाई रुट दिएको थिएन । त्यसपछि प्रधानसेनापति राणा र सैन्य टोली  बङ्गलादेशको बिमानबाट ढाका गएका थिए ।

(लेखक नेपाली सेनाका पूर्व सहायकरथी हुनुहुन्छ)




भर्खरै