• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   गर्मी बढेपछि चितवनका ६० जना कैदीबन्दी स्थानान्तरण ★   पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज बन्दै यात्रा ★   कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक जारी ★   बजेट अभावमा खानेपानी आयोजना अधुरै ★   ‘पुजार सार्की’को नौलो प्रयोग: जनतामाझ पुगेर गरियो सर्भे, रिलिज अगावै देखाइयो फिल्म ★   ‘वेलकम टु द जंगल’बाट अलग भए सञ्जय दत्त ★   कैलाश सिरोहिया पक्राउप्रति नेपाल मिडिया सोसाइटीको बिरोध ★   संसारको सबैभन्दा शान्त ठाउँ, जहाँ सुल्तानदेखि भिखारीसम्मका शव गाडिन्छन् ★   जलवायु परिवर्तनका अप्रत्याशित घटना र असर सामूहिकरूप सामना गरौँ: मन्त्री सुडी ★   नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्: राष्ट्रिय स्वतन्त्र पार्टी

गठबन्धनलाई प्राथमिकता दिएर चुनावमा जाने सोच छः अध्यक्ष प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलबीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताउनुभएको छ । 
 
आज बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो,‘‘पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने गरी जानुपर्छ भन्ने हो, तालमेलको सम्भावना भयो भने गठबन्धनका दलहरुसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने सोच छ ।’’ 

प्रधानमन्त्रीले गठबन्धनलाई असर पार्ने कुरा नबोल्न भनेर केही दिन अघि आफ्नै दलका नेतालाई निर्देशन गर्नुभएको स्मरण गराउँदै अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्व गठबन्धनलाई अगाडि लिएर जाने कुरामा द्धिवीधामा नहरेको बताउनुभयो । अर्को प्रसङ्गमा अध्यक्ष दाहालले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने विषयमा छलफल भएको बताउनुभयो ।

 पार्टीको प्रशिक्षण कार्यक्रमका लागि उहाँ आज धनगढी पुग्नुभएको हो ।