२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीबिना तीन हजार वर्षसम्म जिउँदो रहने विरुवा



अ+ अ-

एजेन्सी । पृथ्वीमा एउटा यस्तो वनस्पति छ जुन पानी बिना हजारौं वर्षसम्म बाँच्दछ । यसको नाम भेल्भिचिया हो, जुन संसारको सबैभन्दा बाँझो नामिब मरुभूमिमा हजारौं वर्षसम्म बाँच्दछ ।

अफ्रिकामा, यसलाई दुई पात भएको अमर बिरुवा भनिन्छ । यो नाम बिरुवाको विशेष डिजाइनमा आधारित छ । यो बिरुवाले आफ्नो सम्पूर्ण जीवनमा केवल दुई पातहरू उमार्छ ।

नामिब मरुभूमिमा वार्षिक २ इन्चभन्दा कम वर्षा हुन्छ, तैपनि यी बिरुवाहरू ३,००० वर्षसम्म बाँच्छन् ।

वैज्ञानिकहरूले यसको जीनोमको अध्ययन गरेका छन् । उनीहरूको विश्वास छ कि लगभग ८.६ करोड वर्ष पहिले, जब पृथ्वीमा सबैभन्दा ठूलो खडेरी परेको थियो, यी बिरुवाहरूको जीनोमले परिस्थिति अनुसार आफूलाई अनुकूलन गर्यो । यसका कारण, यो धेरै जीवन्त भयो ।