८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाख्रा चराउन जाँदा भिरबाट लडेर मृत्यु



अ+ अ-

अदानचुली । हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन वनमा गएका नान बुढाको भिरबाट लडेर मृत्यु भएको छ ।

शनिबार अदानचुली –३ को माझखर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीया बुढा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

बाख्रा चराउन खर्कबाट जङ्गल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का जङ्गलको भिरबाट करिब १०० मिटर तल मृतावस्थामा फेला पारेको बुहारी शान्ति बुमी (बुढा)ले बताउनुभयो ।

जङ्गल घरबाट गल्फागाड खोला पारि टाढाको वनमा भएकाले मृतक बुढाको शव लिन अहिले स्थानीयवासी त्यसतर्फ लागेको उहाँले बताउनुभयो ।

सो खर्कमा मृतक बुढा र श्रीमतीमात्र भएकाले बिहानमात्र पारिवारलाई जानकारी आएको हो । जानकारी आएलगत्तै घरमा ल्याउन स्थानीय गएका छन् । यस क्षेत्रमा यतिबेला सबैका पशु चौपाया खर्कमै राख्ने गरिएको छ ।