• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

भारतमा फेब्रुअरीमा दैनिक १० लाख कोभिड केस देखा पर्ने अनुमान



इन्डियन इन्स्टिच्युट अफ साइन्स र इन्डियन स्ट्याटिस्टिकल इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले बनाएको तथ्याङ्कीय मोडेलअनुसार भारतमा एक महिनाभन्दा बढी अवधिमा प्रतिदिन तीन देखि १० लाख ओमिक्रोन भएका कोविड केसहरू देखिन सक्ने बताएका छ ।

भारतले विभिन्न राज्यहरूमा ओमिक्रोन केसहरूमा अचानक वृद्धि देखिन थालेको छ। भारतमा बुधबार बिहान ९ बजेसम्ममा पछिल्लो २४ घण्टामा ५८ हजार ९७ नयाँ कोभिड–१९ मामिला देखिएको र ५३४ जनाको मृत्यु भएको छ। यस अवधिमा एक हजार ५३८ जना निको भएका थिए भने सक्रिय केस दुई लाख १४ हजार चार थिए। यीमध्ये कुल दुई हजार १३५ केस ओमिक्रोन भेरियन्टका थिए।

विज्ञहरूले तिनीहरूको सिमुलेशनको आधारमा जनवरीको अन्त्यमा केसहरू चरम हुनेछ र अन्ततः फेब्रुअरीको अन्त्यसम्ममा त्यसको टुङेगो लाग्ने बताएका छन् । सिमुलेशनले संवेदनशीलताको तीन तहमा ३० प्रतिशत, ६० प्रतिशत र १०० प्रतिशतको डेटा प्रस्ताव गरेको छ ।

तीस प्रतिशत संवेदनशीलता मापदण्डअन्तर्गत भारतमा प्रतिदिन तीन लाख केस देखिन सक्छ । त्यस्तै ६० प्रतिशत संवेदनशीलताअन्तर्गत प्रतिदिन छ लाख केस र १०० प्रतिशत संवेदनशीलताअन्तर्गत प्रतिदिन करिब १० लाख केस देखा पर्न सक्छ ।

अन्वेषकहरूले देशका विभिन्न राज्यमा केसहरूको प्रवाहको पनि भविष्यवाणी गरेका छन्। उदाहरणका लागि केरला र तमिलनाडु राज्यमा फेब्रुअरी २०२२ को सुरुतिर क्रमशः एक लाख र ८० हजारभन्दा बढी दैनिक केसहरू हुने अपेक्षा गरिएको छ। दिल्लीमाजनवरी २०२२ को अन्त्यसम्म लगभग ७० हजार दैनिक केसहरू देख्ने अपेक्षा गरिएको छ ।