२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री लामाले भोलि राजीनामा दिने



अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिन तयार भएका छन् ।

नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवासँग तीन बुँदे सहमति भएपछि उनी राजीनामा दिन राजी भएका हुन् ।

आज सभापति देउवा निवास बुढानीलकण्ठमा भएको भेटपछि भोलि राजीनामा दिन तयार भएको स्रोत बताउँछ ।

संसदीय दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपछि लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लिएका थिए । तर, बुढानीलकण्ठमा भोलि मुख्यमन्त्रीले राजीनामा दिने, आफूले नियुक्त गरेको तीन मन्त्रीलाई शपथ गराउने र संसदीय दललाई एकताबद्ध बनाएर अघि बढाउने सहमति भएको छ ।

दलको नेतामा पराजित भएपछि पनि मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए। तर, उनीहरूको शपथ अन्योल छ ।

आजको सहमतिपछि अब बन्ने बानियाँ नेतृत्वको सरकारमा उनीहरूको सहभागिता हुने पक्का भएको छ ।