२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा होः प्रधानमन्त्री ओली



अ+ अ-

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा भएको दाबी गर्नुभएको छ । शनिवार नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजा त्रिभूवनलाई बडिबिल्डिङ सिकाउने गुरु धर्मभक्त माथेमा भएको बताउनु भयो । त्यसअघि आधिकारिक रुपमा नेपालमा बडिबिल्डरको अर्को व्यक्तिको नाम नरहेको बताउनु भयो । तराई, मधेसमा कुस्ती पहिल्यैदेखि खेलिने गरेको भएपनि बडिबिल्डिङ र कुस्ती एउटै नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । त्यस्तै नेपालमा पहिलो मानव अधिकार संस्थाको संस्थापक गंगालाल श्रेष्ठ रहेको पनि बतउनु भयो । गंगालाल श्रेष्ठले वि.सं. १९९५ सालमा पहिलो मानव अधिकारसम्बन्धी भाषण गर्नुभएको बताउनु भयो । त्यस्तै १९९७ सालमा गंगालालले नै इन्द्रचोकमा पहिलो राजनीतिक भाषण गर्नुभएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले भनिरहन पर्दैन, बडिबिल्डिङ, बडिबिल्डर्सहरुको विद्याको शिक्षाको, राजा त्रिभूवनलाई सिकाउने गुरु धर्मभक्त माथेमा पहिलो बडिबिल्डर्स हो नेपालको । नेपालको इतिहासमा अर्को बडिबिल्डर्स पाइँदैन । उहाँ नै पहिलो बडिबिल्डर्स हो । कुस्तीबाज त तराईमा प्रचलन थियो । तर दरबारमा पहिलो बडिबिल्डर्सको रुपमा उहाँ हुनुहुन्थ्यो । कुस्ती र बडिबिल्डर्स एउटै होइन । पहिलो मानव अधिकार संस्थाको संस्थापक गंगालाल हुनुहुन्थ्यो । पहिलो मानव अधिकारसम्बन्धी भाषण गर्ने गंगालाल हुनुहुन्थ्यो । १९९५ सालमा । १९९७ सालमा खुला राजनीतिक भाषण कोणसभा भन्छौँ हामी त्यो सभाको रुपमा मंसिर १३ गते इन्द्रचोकमा राजनीतिक भाषण गर्नुभयो ।’

प्रधानमन्त्री ओलीले गंगालालले ०९७ सालमा प्रजातन्त्र चाहिन्छ भन्ने भाषण गरेपछि भूमिगत हुनुभएको बताउनु भयो ।