८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई घाइते



अ+ अ-

धरान । सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार राति करिब ९:१० बजे सुनसरीको दुहबीमा को६प ५२४१ नम्बरको मोटरसाइकल र को३२प १५०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका गढी गाउँपालिका–२ का १८ वर्षीय नजामुदिन मियाँको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारका क्रममा बेलुका १०:३० बजे मृत्यु भएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा मियाँसँगै मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १७ वर्षीय सबाद आलम घाइते हुनुभएको छ । उहाँको विराट नर्सिङहोममै उपचार भइरहेको छ ।

त्यसैगरी, अर्को मोटरसाइकलको ६प ५२४१ का चालक गढी गाउँपालिका–२ निवासी २२ वर्षीय विश्वजित चौधरी गम्भीर घाइते हुनुभएको छ । घाइते चौधरीको विराटनगरको विराट नर्सिङहोमको आकस्मिक कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सोही मोटरसाइकलमा सवार महेश चौधरी भने फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।