२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटना हुँदा १४ घाइते, एक जना गम्भीर



अ+ अ-

किमाथाङ्का । यहाँको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

घाइते हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्ट, धर्मदेवी– ७ का २५ वर्षीय भवानी कार्की, सात वर्षीया असीमित भारती, नौ वर्षीया हिरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुमार कटुवाल, ५२ वर्षीया धनमाया चापागाईं, धर्मदेवी–६ का ५२ वर्षीय श्रीमान तामाङ, १५ वर्षीया प्रतिमा कटुवाल, १६ वर्षीया सोममाया याईम, ३० वर्षीय सुजन कटुवाल ६२ वर्षीय दलबहादुर कार्की र धनकुटाको महालक्ष्मी नगरपालिका–१ का २४ वर्षीय विमल विक रहेका छन् ।

घाइतेमध्ये धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्ट गम्भीर रहेकाले उहाँलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रनाउ बताउनुभयो ।

अन्य घाइतेको बसन्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस दुर्घटना लगत्तै चालक सङ्खुवासभाको धर्मदेवी–६ का खेम महत फरार रहेको प्रहरीले जनाएको छ ।