• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास ★   मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह

लुम्बिनी गुरुयोजना अन्तर्गतका योजनाहरु सुचारु गर्न मन्त्री भट्टराइकाे निर्देशन



काठमाडौ: संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भट्टराईले लुम्बिनी गुरुयोजना अन्तर्गतका योजनाहरु सुचारु गर्दै तोकिएकै समयमा सम्पन्न निर्देशन दिएका छन् ।

लुम्बिनी विकास कोषका पदाधिकारीहरुसँग बुधबार ‘भर्चुअल मिटिङ’ गदै मन्त्री भट्टराईले लकडाउनको समय भएपनि सामाजिक दूरी लगायत स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी स्थानीय तहहरुसमेतको समन्वयमा निर्माण तथा अन्य काम सुचारु गरिरहन निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले  निर्माण सम्पन्नको चरणमा रहेको पाँच हजार व्यक्ति अट्ने ध्यान केन्द्र सभाहल निर्माणको काम चाँडो सक्न समेत निर्देशन दिएका छन् । त्यस्तै, मन्त्री भट्टराईले कोषका पदाधिकारीहरुलाई अन्तराष्ट्रिय बुद्धिस्ट संगठनहरुसग पनि भर्चुअल बैठक गरी कोराेना महामारी विरुद्ध आफ्ना तर्फबाट पनि ऐक्यबद्धता जनाउन सुझाएका थिए ।  

भर्चुअल मिटिङमा कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी, सदस्य सचिव ज्ञानिन राई र योजना शाखा प्रमुख सरोज भट्टराई सहभागी थिए । लकडाउनको समयमा पनि राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लुम्बिनी विकास कोषमा भइरहेका गतिविधीबारे कोषका पदाधिकारीहरुले मन्त्री भट्टराइलाई जानकारी गराएका थिए ।

लुम्बनी विकास कोषले कोविड–१९ को लागि स्थानीय नगरपालिकाको कोषमा १५ लाख नगद जम्मा गरेको समेत कोषका सदस्य सचिव ज्ञानिन राईले बताए । उनले लुम्बनी क्षेत्र आसपासमा रहेका २२ बटा क्वारेन्टाईमा समेत विभिन्न खाद्य सामाग्री, माक्स सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री समेत प्रदान गरेको उनले बताए ।

सदस्य सचिव राईले लुम्बनी क्षेत्रमा ध्यान केन्द्रको काम अन्तिम चरण पुगेको बताउदै  कर्मचारी आवास गृह, पोखरीको बरिपरी विश्राम स्थल निर्माण गर्ने काम समेत लकडाउनको समयमा पनि नरोकिएको बताए ।