३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली सन्धी कार्यान्वयनको लागि कुटनीतिक पहल आवश्यकः उप–महानिर्देशक बराल



अ+ अ-

काठमाडौँ । जलस्रोत तथा सिंचाई विभागका उप–महानिर्देशक मित्र बरालले महाकाली सन्धि कार्यान्वयन नहुँदा सिंचाई आयोजनाहरु प्रभावहिन भएको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निर्मार्णधिन सिंचाई नहरहरुमा सन्धिअनुरुप पानी सदुपयोग गर्न नपाएको बताउनु भयो । उहाँले महाकाली सन्धिअनुरुप पानी उपयोग गर्न अझै संघर्ष गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यसको लागि कुटनीतिक पहलको आवश्यकता रहेको बताउनु भयो । उपमहानिर्देशक बरालले राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाको लागि जग्गा अधिग्रहण, कित्ताकाट, लगतकट्टा लगायत कार्य सम्पन्न गर्न छुट्टै नापी टोलीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाको लागि जग्गा अधिग्रहण, कित्ताकाट, लगतकट्टा लगायत कार्य सम्पन्न गर्न छुट्टै नापी टोलीको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिन्छ । टनकपुर मूल नहरको जाँच आयोजनाको प्रश्ताव तयार भई एनएचपीसी भारतीयलाई पठाइसकेको भएपनि हालसम्म हामीले सन्धिअनुरुपको पानी उपयोग गर्न पाउने अधिकार सुनिश्चित भइनसकेको हुँदा त्यसतर्फ कुटनीतिक पहल अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको छ । दोधारा–चाँदनी सिंचाईको लागि पनि हामीले सन्धीअनुसार पानी उपयोग गर्न पाएका छैनौं । यसमा कुटनीतिक पहल आवश्यक छ ।’

जलस्रोत विकासमा आपसीमैत्री तथा घनिष्ठ छिमेकीपनको सम्बन्ध प्रवद्र्धन गर्ने प्रतिवद्धताअनुसार २९ माघ २०५२ मा नेपाल–भारतबीच महाकालि सन्धिमा हस्ताक्षर भएको थियो । उक्त सन्धि कार्यान्वयन हुन नसक्दा शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर परियोजनाको काम समेत प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।